महाराजगञ्ज चिकित्सा क्याम्पसमा उपप्राध्यापक पदमा आवेदन आह्वान
सारांश
- महाराजगञ्ज चिकित्सा क्याम्पसले उपप्राध्यापक पदका लागि करार सेवामा आवेदन आह्वान गरेको छ।
- क्याम्पसले विभिन्न विषयका लागि एक वर्षका लागि करारमा नियुक्ति गर्ने भएको छ।
- इच्छुक आवेदकहरूले क्याम्पसको वेबसाइट वा सूचना पाटीमा विस्तृत जानकारी हेर्न सक्नेछन्।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको महाराजगञ्ज चिकित्सा क्याम्पसले विभिन्न विषयहरूमा उपप्राध्यापक पदका लागि करार सेवामा नियुक्ति गर्न योग्य नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको छ।
क्याम्पसले बढीमा एक वर्षका लागि करार सेवामा नियुक्ति गर्नुपर्ने भएकाले यो सूचना प्रकाशित भएको मितिले २८ दिनभित्र आवेदन फाराम भर्न सूचित गरेको छ।
करार सेवाका लागि माग गरिएका विषय र पदहरूमा कार्डियोलोजी उपप्राध्यापक, कार्डियोथोरासिक भास्कुलर एनेस्थेसियोलोजी उपप्राध्यापक, एनेस्थेसियोलोजी उप प्राध्यापक, ओरल एण्ड म्याक्सिलो-फेसियल सर्जरी उप प्राध्यापक, सर्जिकल ग्याष्ट्रोइन्टेरोलोजी उप प्राध्यापक, अर्थोपेडिक्स उपप्राध्यापक, न्युरो सर्जरी उपप्राध्यापक र युरोलोजी तथा मृगौला प्रत्यारोपण उपप्राध्यापकलगायत रहेका छन्।
विस्तृत जानकारीका लागि इच्छुक आवेदकहरूले यस क्याम्पसको वेबसाइट mmciom.edu.np तथा सूचना पाटीमा हेर्न सक्नेछन्।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण