हत्या आरोपमा लुम्बिनीका पूर्वमुख्यमन्त्रीका भाइ पेस्तोलसहित पक्राउ
सारांश
- बर्दियाको राजापुरमा नीरज चौधरीको हत्या आरोपमा महावीर चौधरी पक्राउ परेका छन्।
- घटनास्थलबाट फरार भएका महावीरलाई कैलालीबाट पक्राउ गरिएको हो, र उनको साथबाट पेस्तोल बरामद भएको छ।
- महावीर चौधरी लुम्बिनीका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीका सहोदर भाइ हुन्।
रुपन्देही । दाङको तुलसीपुर उपमहानगरपालिका–५ का २७ वर्षीय नीरज चौधरीको बर्दियाको राजापुरमा भएको हत्याको आरोपमा महावीर चौधरी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय राजापुरको संयुक्त टोलीले कैलाली गाउँपालिका–५ को बैजपुरबाट तुलसीपुर–५ कै ५१ वर्षीय महावीर चौधरीलाई पक्राउ गरेको हो। पक्राउ परेका महावीर चौधरी लुम्बिनीका पूर्वमुख्यमन्त्री तथा दाङका कांग्रेस नेता डिल्लीबहादुर चौधरीका सहोदर भाइ रहेको खुलेको छ।
बर्दियाको राजापुरमा रहेको हमार थारू रेष्टुरेन्टमा नीरज चौधरीमाथि गोली प्रहार गरी हत्या गरिएको थियो। गोली लागेर घाइते भएका चौधरीलाई उपचारका लागि नेपालगञ्ज पुर्याएपछि प्रहरीलाई घटनाबारे जानकारी भएको थियो। घटनास्थलमा रहेका महावीर चौधरी भने मोटरसाइकल चढेर कैलालीतर्फ फरार भएका प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय राजापुर बर्दियाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्रसिंह बोहराका अनुसार कैलाली प्रहरीको समन्वयमा चौधरीलाई पक्राउ गरिएको हो। प्रहरीले महावीरको साथबाट पेस्तोलसमेत बरामद गरेको जानकारी दिएको छ। यद्यपि, बरामद भएको पेस्तोल हत्यामा प्रयोग भए/नभएको पुष्टि हुन भने बाँकी रहेको प्रहरीले जनाएको छ।
कैलालीबाट पक्राउ परेका महावीर चौधरीले हत्या गरिएका नीरजकै मोटरसाइकल लिएर फरार भएको प्रहरीले बताएको छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण