भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सारांश
- अख्तियारले भिजिट भिसामा विदेश पठाउने नाममा पैसा असुलेको आरोपमा सहसचिव तिर्थराज भट्टराईसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख भट्टराईसहित ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
- सम्पत्ति शुद्धीकरणमा पनि तीन जनाविरुद्ध अख्तियारले मुद्दा ल्याएको छ, तर गृहमन्त्री रमेश लेखकलाई विपक्षी बनाइएको छैन।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा विदेश जाने नेपालीहरूसँग अवैध रूपमा पैसा उठाएको आरोपमा असुलीधन्दा चलाएको आरोपमा सहसचिव तिर्थराज भट्टराईसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव भट्टराई सहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज जोशीका अनुसार त्यो प्रकरणमा ७ व्यक्ति र दुई कम्पनीलाई विपक्षी बनाएर मुद्दा आइपुगेको रातोपाटीलाई जानकारी दिए । त्यस्तै सम्पत्ति शुद्धीकरणमा पनि तीन जनाविरुद्ध अख्तियारले मुद्दा ल्याएको छ ।
अख्तियारले २०८१ चैत ७ गते सहसचिव भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट पक्राउ गरेको थियो ।
यो प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकको नाम मुछिए पनि उनलाई विपक्षी बनाइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण