मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अछामका ११ वर्षीय बालक भारतमा मृत भेटिए, किड्नी निकालिएको आशंका

शुक्रबार, २६ मङ्सिर २०८२, ०३ : ४९
शुक्रबार, २६ मङ्सिर २०८२

सारांश

  • अछामका ११ वर्षीय बालक भारतमा मृत फेला परेका छन्।
  • परिवारसँगै भारतको पुनेमा बस्दै आएका बालक बुधबारदेखि बेपत्ता थिए।
  • शव रेल्वे ट्र्याक नजिक भेटिएको र उनको पेट चिरिएको अवस्थामा दुवै मृगौला निकालिएको आशंका गरिएको छ।

धनगढी। अछामका ११ वर्षीय एक बालक भारतमा मृत अवस्थामा फेला परेका छन् । परिवारसँगै भारतको पुनेस्थित हडाप्सर क्षेत्रमा बस्दै आएका ढकारी गाउँपालिका–२, फाटाबगरका ११ वर्षीय प्रकाश सार्की मृत भारतमा भेटिएका हुन् ।

गत बुधबार साँझदेखि बेपत्ता रहेका प्रकाशको परिवार तथा स्थानीय नेपालीले रातभर खोजी गरेका थिए। बिहीबार बिहान थप खोजी गर्ने क्रममा कोठाबाट केही टाढा रहेको रेल्वे ट्र्याक नजिक उनको शव भेटिएको हो।

शवको पेटको बायाँ भाग चिरिएको देखिएपछि दुवै मृगौला निकालिएको हुन सक्ने आशंका गरिएको छ । घटनाबारे भारतीय प्रहरीले अनुसन्धान अघि बढाएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि थप विवरण स्पष्ट हुने प्रहरीले जनाएको छ ।

प्रकाशका परिवारले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरे का छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप