एनपीएलमा प्रहार हुने प्रत्येक चौका र छक्काको आधारमा प्रेसिडेन्सियल कलेजले कफीका बिरुवा रोप्ने
सारांश
- नेपाल प्रिमियर लिगमा प्रहार हुने चौका र छक्काको संख्याका आधारमा कफीका बिरुवा रोपिनेछ।
- प्रतियोगितामा प्रत्येक चौकामा चार र छक्कामा छ वटा कफीका बिरुवा रोपिने निर्णय भएको छ।
- कलेजले ग्रामीण कृषकलाई सहयोग, तालिम र बजार पहुँच उपलब्ध गराउने योजना बनाएको छ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) २०८२ को एजुकेशन पार्टनर प्रेसिडेन्सियल ग्राजुएट स्कुलले प्रतियोगितामा प्रहार हुने कुल चौका र छक्काको सङ्ख्याका आधारमा कफीका बिरुवा रोप्ने घोषणा गरेको छ। कलेजका अनुसार खेलमा प्रहार हुने हरेक चौकामा चार वटा र हरेक छक्कामा छ वटा कफीका बिरुवा रोप्ने निर्णय गरिएको हो।
कलेजका अध्यक्ष लक्ष्मण केसीले कफी खेतीले स्थानीय अर्थतन्त्र बलियो बनाउन, रोजगारी सिर्जना गर्न र ग्रामीण समुदायसँग कलेजको सहकार्य थप सुदृढ बनाउन मद्दत गर्ने बताए।
यो वर्ष कफीका बिरुवा रोप्ने स्थान भने अझै निश्चित गरिएको छैन। उपयुक्त भूभाग पहिचानका लागि मूल्याङ्कन कार्य जारी रहेको कलेजले जनाएको छ। शैक्षिक संस्था कक्षाभित्रको अध्यापनमा मात्र सीमित नभई ग्रामीण विकास तथा स्थानीय उत्पादन प्रवर्द्धनमा पनि सक्रिय हुनुपर्छ भन्ने मान्यताबाट यो अभियान सुरु गरिएको कलेजको भनाइ छ। कलेजले कफी खेतीमार्फत ग्रामीण कृषकलाई प्रत्यक्ष सहयोग, तालिम तथा सम्भावित बजार पहुँच उपलब्ध गराउने योजना समेत ल्याएको छ।
गत वर्ष प्रेसिडेन्सियल ग्राजुएट स्कुलले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ११ सय थरी–थरीका बिरुवा रोपेको थियो। त्यो समयमा हरेक चौकामा एक र छक्कामा दुईवटा बिरुवा रोपिने दर कायम गरिएको थियो।
अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त थापागाउँ, बानेश्वरस्थित यो कलेजले पछिल्लो १५ वर्षदेखि व्यवस्थापन र पाँच वर्षदेखि आइटी सङ्कायमा स्नातक तथा स्नातकोत्तर तहको शिक्षा प्रदान गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण