सशस्त्रमा एसएसपी राजेश उप्रेतीको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन
काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि सशस्त्र प्रहरी बलले एसएसपीको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरेको छ । कार्य विभागका एसएसपी राजेश उप्रेतीको कमान्डमा केन्द्रीय निर्वाचन सेल गठन गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) मनिष थापाले जानकारी दिए ।
शुक्रबार हल्चोकस्थित सशस्त्रको मुख्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर डीआईजी थापाले निर्वाचनमा सशस्त्र प्रहरी कसरी परिचालन हुनेछ भनेर व्याख्या गरेका थिए । सशस्त्रले १७ बुँदे परिचालन नीति बनाएर लागू गरेको छ । केन्द्रीय निर्वाचन सेलका प्रमुख एसएसपी उप्रेतीले एकीकृत निर्वाचन सुरक्षा योजनाको ड्राफ्ट तयार गर्ने समितिमा पनि बसेर काम गरेका थिए ।
एकीकृत सुरक्षा योजना केन्द्रीय सुरक्षा समितिबाट पारित भइसकेको छ । प्रदेश र उपत्यकामा रहेका सबै बाहिनीमा पनि निर्वाचन सेल गठन गरिने डीआईजी थापाले बताए । उनले भने– ‘अपरेशनल जिम्मेवारीमा रहेका सबै गण र गुल्ममा पनि निर्वाचन सेल गठन गरिनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण