दिपल एस०५ ले पायो युरो एनक्यापमा सर्वोत्कृष्ट ५ स्टार रेटिङ
सारांश
- दिपल एस०५ एसयूभीले युरो एनक्याप टेस्टमा ५ स्टार रेटिङ प्राप्त गरेको छ, जसले सुरक्षामा उत्कृष्टता देखाउँछ।
- यस एसयूभीले एडल्ट र चाइल्ड सेफ्टी लगायतका विभिन्न श्रेणीमा उत्कृष्ट अंक प्राप्त गरेको छ।
- यसमा रिमोट पार्किङ, एआर एचयुडी, र सुरक्षित ब्याट्री जस्ता विशेष सुविधाहरू छन्।
काठमाडौँ । दिपलको दिपल एस०५ एसयूभी ले यस वर्षको युरो एनक्याप टेस्टमा सर्वोत्कृष्ट ५ स्टार रेटिङ प्राप्त गरेको छ। यो उपलब्धिले विश्वस्तरीय सुरक्षा, इन्जिनियरिङ उत्कृष्टता र स्मार्ट मोबिलिटीप्रतिको दिपलको प्रतिबद्धतालाई पुन: प्रमाणित गरेको कम्पनीले जनाएको छ।
स्वतन्त्र परीक्षण नतिजाअनुसार दिपल एस०५ ले सबै प्रमुख सुरक्षा श्रेणीमा उत्कृष्ट प्रदर्शन गरेको छ। यसमा एडल्ट पेसेन्जर सेफ्टीमा ९४ प्रतिशत, चाइल्ड सेफ्टीमा ८७ प्रतिशत, संवेदनशील सडक प्रयोगकर्ता सुरक्षामा ७८ प्रतिशत र सेफ्टी असिस्ट प्रणालीमा ७६ प्रतिशत प्राप्त गरेको छ। यी नतिजाले दिपल एस०५ लाई नवीनतम र कडा युरो एनक्याप मापदण्डअन्तर्गतको परीक्षणमा उत्कृष्ट एसयुभीको रूपमा स्थापित गरेको छ।
यसमा सेग्मेन्टमै पहिलो पटक उपलब्ध रिमोट इन एन्ड आउट पार्किङ, एआर एचयुडी, आउटडोर स्पिकर सहितको १४ स्पिकर, इन्टरनेट कनेक्टिभिटी, क्वीन को-पाइलट सिट, फ्रेमलेस डोर र फ्लस ह्यान्डल जस्ता विशेष सुविधाहरू छन्। यसमा प्रयोग गरिएको 'गोल्डेन शिल्ड ब्याट्री' सबैभन्दा सुरक्षित, सबैभन्दा छिटो चार्ज हुने र सबैभन्दा लामो आयु भएको ईभी ब्याट्री हो, जसले ५००० भन्दा बढी चार्जिङ साइकल प्रदान गर्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण