नगर प्रमुखलाई घुस दिएको आरोपमा सरकारी साक्षीविरुद्ध मुद्दा दायर
सारांश
- अख्तियारले सिरहाको कल्याणपुरका मेयर राम पुकार साह तेलीलाई घुस दिएको आरोपमा जसोधा कुमारीविरुद्ध मुद्दा दायर गरेको छ।
- जसोधा कुमारीले मेयरलाई भुक्तानीका लागि १ लाख घुस दिएको पुष्टि भएपछि अख्तियारले मुद्दा चलाएको हो।
- विशेष अदालतमा कुमारीले बयान फेरेपछि अख्तियारले उनलाई प्रतिवादी बनाएको छ, र जरिवानाको माग गरेको छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख राम पुकार साह तेलीलाई घुस दिएको आरोपमा सोही मुद्दामा सरकारी साक्षी बनाइएकी जसोधा कुमारीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार नगर प्रमुख साह तेलीले सञ्जीव साहको घरदेखि ब्रम्हदेव सिंहको घरसम्मको पक्की नाला निर्माण कार्यको भुक्तानी दिने प्रयोजनार्थ १ लाख रुपैयाँ) घुस लिएको मुद्दामा जसोधा कुमारीलाई सरकारी साक्षीको रूपमा प्रस्तुत गरिएको थियो।
तर, सरकारी साक्षीको रूपमा पेस गरिएकी जसोधा कुमारीले विशेष अदालत काठमाडौँ समक्ष २०८२ मङ्सिर ५ गते बकपत्र गर्दा आयोगका अनुसन्धान अधिकृत समक्ष गरेको बयानभन्दा प्रतिकूल हुने गरी बकपत्र गरेको पाइएको थियो।
अनुसन्धानबाट जसोधा कुमारीले कल्याणपुर नगरपालिकाका नगर प्रमुख राम पुकार साह तेलीलाई निर्माण सम्पन्न पश्चात् भुक्तानी दिने प्रयोजनार्थ १ लाख घुस दिएको पुष्टि भएको अख्तियारले जनाएको छ।
अख्तियारले घुस/रिसवत दिएको कार्यलाई कसुर ठहर गर्दै प्रतिवादी जसोधा कुमारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिम रु. १,००,००० बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण