बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
नयाँ मन्त्री

कर्णालीको इतिहास खोतल्ने ‘अन्वेषक’ माधव चौलागाईंको काँधमा वन मन्त्रालयको जिम्मेवारी

नीति निर्माणदेखि डाटा विश्लेषणसम्म दख्खल
शुक्रबार, २६ मङ्सिर २०८२, १६ : ११
शुक्रबार, २६ मङ्सिर २०८२

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छिन्, जसमा कर्णाली प्रदेशले मन्त्री पाएको छ।
  • कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै माधव प्रसाद चौलागाईं वन तथा वातावरणमन्त्री बनेका छन्, उनी जनस्वास्थ्य विज्ञ, लेखक र अनुसन्धानकर्ता हुन्।
  • चौलागाईंले कर्णालीको इतिहास, स्वास्थ्य र विकासका क्षेत्रमा लामो समय काम गरेका छन्, र विभिन्न परियोजनाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।

सुर्खेत । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । लामो रस्साकस्सी र मन्त्री बन्ने पात्रहरूको चर्चा–परिचर्चाका बिच अन्ततः कर्णाली प्रदेशले मन्त्रिपरिषदमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

यसअघि विभिन्न नाम चर्चामा आए पनि विवादका कारण शपथ ग्रहण हुन सकेको थिएन, तर यो पटक कर्णालीको प्रतिनिधित्व गर्दै वन तथा वातावरणमन्त्रीको रूपमा माधव प्रसाद चौलागाईंले शपथ लिएका छन् ।

चौलागाईं जनस्वास्थ्य विज्ञ, अनुसन्धानकर्ता, लेखक र कर्णालीको इतिहास तथा संस्कृतिका अध्येता हुन् । जुम्लाको तातोपानी गाउँपालिका–५, लाम्रा गाउँका स्थायी बासिन्दा उनी जनस्वास्थ्य विज्ञ हुन् भने अर्कोतिर कर्णालीको इतिहास खोतल्ने अन्वेषक पनि हुन् ।

उनको परिवारमा आमा, श्रीमती, एक छोरा र दुई छोरी छन् । उनी कर्णालीलाई चिन्ने र चिनाउने उद्देश्यसहित वीरेन्द्रनगरमा हरेक वर्ष आयोजना हुने ‘कर्णाली उत्सव’का संस्थापकमध्येका एक हुन् । उनले कर्णालीको इतिहासमाथि लेखेको पुस्तक ‘सपादलक्ष कर्णाली’ बौद्धिक जमातमा निकै चर्चित छ ।

कर्णालीको इतिहासबारे अनुसन्धानमूलक लेख लेख्न रुचाउने चौलागाईं साहित्य र संगीतमा पनि उत्तिकै रुचि राख्छन् । केही समयअघि सिस्नुपानी नेपालको कार्यक्रममा चर्चित बनेको ‘माण्ठ हुँ म माण्ठ’ बोलको गीत उनकै सिर्जना हो । यसका अलावा ‘लाम्रा कुणा’ र ‘कर्णाली डिस्कोर्स’ जस्ता बहस शृङ्खला चलाएर उनले कर्णालीको इतिहास, वर्तमान र भविष्यमाथि छलफल चलाउँदै आएका छन् ।

त्यस बाहेक विकासका क्षेत्रमा पनि उनीसँग लामो व्यावसायिक अनुभव छ । रणनीतिक सूचना, परियोजना अनुगमन तथा मूल्याङ्कन, निगरानी र अनुसन्धान, परियोजना डिजाइन र कार्यान्वयन, सुशासन र ज्ञान व्यवस्थापनमा उनी विशेष दखल राख्छन् ।

जागिर खाँदै उनले आफ्नो पढाइलाई निरन्तरता दिए । जुम्ला क्याम्पसबाट आईएड गरेपछि उनले सुर्खेत बहुमुखी क्याम्पसबाट शिक्षाशास्त्र (स्वास्थ्य तथा शारीरिक शिक्षा) मा स्नातक गरे । त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरे ।

भौगोलिक सूचना प्रणाली, म्यापिङ, तथ्याङ्क विश्लेषण र डाटाबेस विकासमा चौलागाईं दक्ष छन् । उनले राष्ट्रिय निर्देशिका र डाटा विश्लेषण तालिम मोड्युलहरू सहित धेरै राष्ट्रियस्तरका नीति, निर्देशिका र रणनीतिहरू विकास गर्न योगदान पुर्‍याएका छन् ।

सन् १९९४ मा जुम्लाको हिमशिखर माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका उनले ०५२ सालमा कर्णाली प्राविधिक शिक्षालय जुम्लाबाट ‘सामुदायिक चिकित्सा सहायक’ को कोर्स पूरा गरे ।

जागिर खाँदै उनले आफ्नो पढाइलाई निरन्तरता दिए । जुम्ला क्याम्पसबाट आईएड गरेपछि उनले सुर्खेत बहुमुखी क्याम्पसबाट शिक्षाशास्त्र (स्वास्थ्य तथा शारीरिक शिक्षा) मा स्नातक गरे । त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरे ।

यस्तै, थाइल्याण्डको बैंककस्थित प्रतिष्ठित ‘चुलालोङ्कोर्न विश्वविद्यालय’ बाट जनस्वास्थ्यमा उनले स्नातकोत्तर गरे । त्यहाँ उनले ३.८१ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका थिए । हाल उनी मानवशास्त्रमा एमफिल गरिरहेका छन् ।

चौलागाईं स्वास्थ्य, ग्रामीण विकास र मानवशास्त्र गरी तीन फरक विषयमा दखल राखछन् । उनले थाइल्याण्डबाट फर्केपछि नेपालको जनस्वास्थ्य क्षेत्रमा २५ वर्ष काम गरे । सन् १९९६ मा उनले ‘इन्टरनेसनल नेपाल फेलोसिप’अन्तर्गत जुम्लामा वरिष्ठ पारामेडिकल वर्करको रूपमा काम सुरु गरे । त्यस समयमा उनले क्षयरोग र कुष्ठरोग परियोजनामा ५ वर्ष बिताए । सन् २००१ देखि २००४ सम्म सोही संस्थामा ‘सामुदायिक स्वास्थ्य सुपरभाइजर’ का रूपमा उनले जुम्लाका दुरदराज गाउँहरूमा पुगेर स्वास्थ्य सर्वेक्षण र तालिमहरू सञ्चालन गरेका थिए ।

यो ८ वर्षको अनुभवले उनलाई कर्णालीको गरिबी, रोग र अभावलाई नजिकबाट चिन्ने मौका दियो । जुम्लाको अनुभवपछि उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा नेतृत्वदायी भूमिकामा देखिए ।

यूएसएआईडीको ‘स्वास्थ्यका लागि प्रणाली सुदृढीकरण’ परियोजना अन्तर्गत चौलागाईंले कर्णाली प्रदेशका १० जिल्ला र लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ गरी १०५ पालिकामा मातृ, शिशु तथा प्रजनन स्वास्थ्य सेवाको गुणस्तर सुधार र पहुँच बढाउनमा नेतृत्वदायी भूमिका खेलेका थिए ।

सन् २००४ देखि २००७ सम्म उनले ‘नेपाल परिवार स्वास्थ्य कार्यक्रम’ मा फिल्ड अफिसरको रूपमा काम गरेको अनुभव छ । त्यहाँ उनले परिवार नियोजन, सुरक्षित मातृत्व र बाल स्वास्थ्य सुधारका लागि ‘व्यवहार परिवर्तन सञ्चार’ मा विज्ञता हासिल गरे ।

यस्तै, एफएचआई ३६० मा उनले सन् २००७ देखि २०१५ सम्म करिब ८ वर्ष काम गरे । कार्यक्रम अधिकृतबाट ‘टिम लिडर’ भएर उनले त्यहाँ काम गरेका थिए । यस्तै, यूएसएआईडीद्वारा सञ्चालित ‘आशा’ र ‘साथ–साथ’ परियोजनामा एचआईभी/एड्स नियन्त्रण तथा अनुगमन र मूल्याङ्कनको क्षेत्रमा समेत उनले नेतृत्व गरे ।

यूएसएआईडीको ‘स्वास्थ्यका लागि प्रणाली सुदृढीकरण’ परियोजना अन्तर्गत चौलागाईंले कर्णाली प्रदेशका १० जिल्ला र लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ गरी १०५ पालिकामा मातृ, शिशु तथा प्रजनन स्वास्थ्य सेवाको गुणस्तर सुधार र पहुँच बढाउनमा नेतृत्वदायी भूमिका खेलेका थिए ।

यस्तै, सन् २०१५ देखि २०१६ सम्म उनले ‘सेभ द चिल्ड्रेन’ अन्तर्गत ‘ग्लोबल फण्ड’ कार्यक्रममा रणनीतिक सूचना विशेषज्ञको रूपमा काम गरेका थिए । यस क्रममा उनले नेपाल सरकारको ‘राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र’लाई प्राविधिक सहयोग उपलब्ध गराए ।

सन् २०१६ देखि २०१८ सम्म ‘आरटीआई इन्टरनेसनल’मा वरिष्ठ अनुगमन तथा मूल्याङ्कन विशेषज्ञका रूपमा काम गर्दै उनले स्वास्थ्य मन्त्रालयलाई प्रमाणमा आधारित नीति निर्माणमा सघाए भने आईएनएस र एबीटी एसोसिएट्समा ‘अनुगमन, मूल्याङ्कन तथा सिकाइ निर्देशक’का रूपमा काम गरिसकेको अनुभव छ ।

चौलागाईं केवल जागिरेमात्र नभएर अनुसन्धानकर्ता पनि हुन् । उनले नेपालको स्वास्थ्य क्षेत्रका महत्त्वपूर्ण नीति र रणनीतिहरू निर्माणमा कलम चलाएका छन् । ‘राष्ट्रिय एचआईभी रणनीति (२०१६–२०२१)’, ‘नेपाल स्वास्थ्य क्षेत्र रणनीति (२०१६–२०२१)’ र ‘राष्ट्रिय अनुगमन तथा मूल्याङ्कन निर्देशिका’ तयार पार्न मस्यौदाकार र विज्ञको रूपमा उनले भूमिका निर्वाह गरेका थिए ।

यस्तै, सन् २०१८ को ‘स्वास्थ्य संस्था तयारी सर्वेक्षण’ र सन् २०१६ मा सम्पन्न एचआईभी सम्बन्धी विभिन्न ‘आईबीबीएस सर्वेक्षण’ हरूमा चौलागाईंले सह–प्रमुख अनुसन्धानकर्ताको जिम्मेवारी सम्हालेका थिए । उनका जनस्वास्थ्य सम्बन्धी दर्जनौँ अनुसन्धानात्मक लेख प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन् । एसपीएसएस र स्टाटाजस्ता सफ्टवेयर प्रयोग गरेर ठुला–ठुला डाटाबेसको विश्लेषण गर्न सक्षम उनी जीआईएस म्यापिङमा पनि विज्ञ छन्, जसले वन क्षेत्रको नक्साङ्कन, अतिक्रमणको पहिचान र वैज्ञानिक व्यवस्थापनमा मद्दत पुग्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप