भूमि व्यवस्था मन्त्री इङ्नामले सम्हाले कार्यभार, तस्बिरहरू
काठमाडौँ । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमारसिंह इङ्नामले सिंहदरबार पुगेर कार्यभार सम्हालेका छन् ।
शुक्रबार मन्त्री पदको शपथपछि कार्यभार सम्हाल्दै उनले भूमिसम्बन्धी समस्यालाई दीर्घकालीन रूपमा समाधानको प्रयास गर्ने बताए ।
मन्त्री इङ्नामले भूमिसम्बन्धी समस्या र भू उपयोगका लागि देखिएका समस्यालाई समाधानको प्रयास गर्ने बताएका हुन् ।
बिचौलियालाई प्राथमिकता दिएका कारण नागरिकले दुख पाएको उनले बताए । मन्त्री इङ्नामले बाँझो रहेका जमिनलाई उपयोग गर्नुपर्ने नीति ल्याउनुपर्ने धारणा राखे ।
नेताहरूले जनताको हितमा काम नगरेकाले जनताहरूले सधैँ समस्या भोग्नुपरेको उनको भनाइ छ । मन्त्री इङ्नामले भूमि आयोगका नाममा आफूखुसी जग्गा वितरण गर्ने काम अब नदोहरिने भन्दै पीडित जनतालाई न्याय हुने गरी अघि बढ्ने स्पष्ट पारे ।
उनले आफ्नो छोटो कार्यकालमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणसम्बन्धी क्षेत्रलाई सही दिशा दिने प्रयास हुने बताए ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ हर्मुजमा अब थप नाकाबन्दी नहुने ट्रम्पको दाबी
-
बजेटमा सांसद असन्तुष्ट, लुम्बिनी प्रदेश सभा बैठक सर्यो
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण