सँगै बसेर रक्सी पिए, विवादपछि साथीको हत्या
पोखरा । पोखरामा रक्सी पिउने क्रममा विवाद भएपछि एक जनाले आफ्नै साथीको हत्या गरेका छन् । पोखरा १२ भद्रकालीमा ६० वर्षीय रमेश सुनारको ढुङ्गाले हानेर हत्या गरेको आरोपमा पाल्पा रामपुर घर भई पोखरा बस्दै आएका ३८ वर्षीय कृष्ण थापा पक्राउ परेका छन् ।
उनी पोखरामा ज्याला मजदुरी गर्दै आएका थिए । घटनामा संलग्न अर्का एक जना भने फरार छन् । उनको खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ ।
कास्की प्रहरीका अनुसार तीनैजना बुधबार दिनभरी मजदुरी गरेर साँझसँगै रक्सी पिएका थिए । रक्सी पिइरहेको बेला विवाद सुरु भयो ।त्यहाँबाट उनीहरू निस्किए । भद्रकाली जंगल नजिक पुगेपछि झगडा नै हुन थाल्यो ।
दुई जना मिलेर सुनारमाथि ढुङ्गाले हाने । टाउको र शरीरमा चोट लागेका सुनारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा प्रत्यक्षदर्शी र कुकुरको सहायताले थापालाई पक्राउ गरिएको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण