जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बेनी नगरपालिकालाई
म्याग्दी । बेनीमा आज सम्पन्न ११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि बेनी नगरपालिकाले जितेको छ ।
जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा २५ स्वर्ण, १४ रजत र छ कास्य पदकसहित बेनी नगरपालिका विजयी भएको हो । आठ स्वर्ण, पाँच रजत र तीन कास्य पदक जितेको अन्नपूर्ण गाउँपालिका दोस्रो भएको समितिका सचिव नगेन्द्र मल्लले जानकारी दिए ।
गत वर्षको बिजेता रघुगङ्गा गाउँपालिका छ स्वर्ण, १२ रजत र १० कास्य पदकसहित तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । दुई दिनसम्म सञ्चालन र छ वटा स्थानीय तह सहभागी प्रतियोगिताको विजेताले रनिङ शिल्ड, ट्रफी र मेडलसहित नगद रु २० हजार प्राप्त गरेको छ ।
दोस्रोलाई रु १५ हजार र तेस्रोलाई रु १० हजार तथा विधागत रूपमा प्रथम हुने पालिका र उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कृत गरिएको छ । पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बिर), बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
भलिबल, कबड्डी, एथलेटिक्स, कराते र तेक्वान्दो विधाका ४२ वटा खेलमा ४५० जना खेलाडीहरूबीच प्रतिस्पर्धा भएको थियो । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ प्रतियोगितामा भाग लिनका लागि ९८ जना खेलाडी छनौट हुने भएका छन् ।
स्थानीय तहबाट छनौट भएका खेलाडीमध्येबाट प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडी छनौटका लागि प्रदेश र सङ्घीय सरकारले बजेट विनियोजन नगरे पनि समितिले आफैँ स्रोत जुटाएर जिल्लास्तरीय प्रतियोगिता सञ्चालन गरेको अध्यक्ष श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण