जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ: नवनियुक्त मन्त्री चौलागाईँ
सारांश
- नवनियुक्त वन तथा वातावरणमन्त्री चौलागाईँले जेनजी आन्दोलनको भावनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
- उनले मन्त्रालयको संगठन र व्यवस्थापन कार्यान्वयन गर्ने पहिलो निर्णय गरेको बताए ।
- कर्णाली प्रदेशमा निकुञ्ज सञ्चालनका लागि तत्काल व्यवस्थापन गर्ने कुरा उनले बताए ।
काठमाडौँ । नवनियुक्त वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईँले जेनजी आन्दोलनको म्यान्डेट र भावनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मन्त्रालयमा पदवहालीका क्रममा आज उनले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार काम गर्नका लागि मन्त्रालयको सङ्गठन र व्यवस्थापन कार्यान्वयन गर्ने आफूले पहिलो निर्णय गरेको जानकारी गराए ।
मन्त्रिपरिषद्मा कर्णालीको भावना सम्बोधन गर्ने गरी काम गर्ने उल्लेख गर्दै मन्त्री चौलागाईँले भने, “कर्णाली प्रदेशमा हालै स्थापना गरिएको कान्छो छायाँनाथ राष्ट्रिय निकुञ्ज सञ्चालनका लागि कार्यालय तत्काल व्यवस्थापन गर्नुपर्नेछ ।”
उनले परिवर्तनलाई संस्थागत गर्न सरकारका प्रयासमा सबैको योगदानको आवश्यकता औँल्याए । वर्तमान सरकार छोटो समयावधिका लागि निर्वाचनको मुख्य कार्यभार गर्ने म्यान्डेटका लागि गठन भएको भए पनि जेनजी आन्दोलनका माग सम्बोधन र आन्दोलनका भावनाअनुसार काम गर्दै आएको उनको भनाइ थियो ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आजै नियुक्त हुनुभएका मन्त्री चौलागाईँले राष्ट्रपति रामचन्द्र पौडेलबाट पदको शपथग्रहण गरेपश्चात् सिंहदरबारस्थित वन मन्त्रालयमा पदवहाली गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण