बन्दरगाह र ऊर्जा सुविधाहरूमा ‘सीमित युद्धविराम’ को लागि पुटिनलाई दबाब
सारांश
- टर्कीका राष्ट्रपति एर्दोगानले पुटिनलाई बन्दरगाह र ऊर्जा सुविधामा सीमित युद्धविरामको लागि आग्रह गरे।
- एर्दोगानले भने, सीमित युद्धविरामले युद्ध अन्त्यका प्रयासलाई मद्दत गर्न सक्छ।
- टर्कीले युद्धमा मस्को र किएभसँग सन्तुलित सम्बन्ध कायम राख्न खोजेको छ।
काठमाडौँ। टर्कीका राष्ट्रपति रेसेफ तैयप एर्दोगानले रुसको युक्रेनसँगको युद्धमा ‘सीमित युद्धविराम’ भए पनि लागु गर्न आह्वान गरेका छन् ।
बन्दरगाह र ऊर्जा सुविधाहरूलाई लक्षित गर्दै शुक्रबार आफ्नो रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको प्रत्यक्ष वार्तामा ‘सीमित युद्धविराम’ भए पनि लागु गर्न आह्वान गरेका हुन्।
उनको कार्यालयले एर्दोगानले तुर्कमेनिस्तानमा भएको शिखर सम्मेलनको दौरानमा रुसी नेतासँग भएको भेटमा ‘युद्ध अन्त्य गर्ने प्रयासहरू मूल्यवान छन् । विशेषगरी, ऊर्जा सुविधाहरू र पोर्टहरूलाई लक्षित गर्दै सीमित युद्धविराम लागू गर्नु लाभदायक हुनसक्छ’ भनेको जनाएको छ।
एर्दोगानको भनाइ ‘रेड सी’ मा रुससँगको सम्बन्धित ट्याङ्करहरूमा भएको केही आक्रमणहरूको पृष्ठभूमिमा आएका हुन्, जसमा केही ड्रोन आक्रमणहरू किएभले गरेको दाबी गरिएको छ ।
यसले अङ्काराको तर्फबाट कडा आलोचना भएको छ । यसै बिषयलाई लिएर अङ्कराले रूस र युक्रेनका प्रतिनिधिहरूलाई सोधपुछका लागि बोलाएको र यस्तो आक्रमणहरूको ‘चिन्ताजनक वृद्धि’ प्रति चेतावनी दिएको छ।
टर्कीले युद्धभरि मस्को र किएभसँगको सम्बन्धमा सन्तुलन कायम राख्न खोजेको छ । युक्रेनी अन्न र रुसी तेललाई भूमध्य सागरतर्फ पठाउने प्रमुख मार्ग बोस्फोरस स्ट्रेट (जलमार्ग) को बचाउका लागि भूमिका खेल्दै आएको छ।
एर्दोगानले गत नोभेम्बरमा युक्रेनका सहयोगीहरूको अनलाइन बैठकको क्रममा ऊर्जा र पोर्ट पूर्वाधारलाई समेट्ने युद्धविराम सम्झौताले समग्र शान्ति सम्झौताका लागि वार्ताको सम्भावित आधारको रूपमा काम गर्न सक्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण