थाइल्याण्ड–कम्बोडिया सीमा विवाद : थाइल्याण्डको सेनाले गर्यो हवाई आक्रमण
कम्बोडिया । कम्बोडियाली रक्षा मन्त्रालयका अनुसार थाइल्याण्डको सेनाले शनिबार बिहान दुईवटा एफ–१६ फाइटर जेटमार्फत पुरसात प्रान्तमा बम प्रहार गरेको छ ।
विज्ञप्तिमा बिहान ५ः ५० र ५ः ५५ बजे त्मोर क्षेत्रमा एउटा होटल भवन नष्ट गर्न दुईवटा बम प्रहार गरिएको भनिएको छ । त्यसपछि बिहान ६ः ०२ र ६ः ०७ बजे चेई चम्नास पुल नष्ट गर्न दुईवटा बम प्रहार गरियो भने ६ः १२ बजे पुरानो चेई चम्नास पुलमा थप बम प्रहार भएको छ ।
कम्बोडियाली रक्षा मन्त्रालयले भनेको छ, “थाइल्याण्डको बमबार्डमेन्ट अझै रोकिएको छैन” थाइल्याण्डको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । कम्बोडिया–थाइल्याण्ड सीमाक्षेत्रको विवाद ७ डिसेम्बरदेखि पुनः शुरू भएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै बताए, “उहाँले थाइल्याण्ड र कम्बोडियाका नेतासँग फोनमार्फत वार्ता गर्नुभयो र दुवै पक्षले शुक्रबार साँझदेखि लागू हुने युद्धविराम स्वीकार गर्नुभयो ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण