नेकपालाई घुस नखानेहरूको पार्टी बनाउनुपर्छ : नारायणकाजी श्रेष्ठ
शनिबार, २७ मङ्सिर २०८२, १५ : ०३
सारांश
- नारायणकाजी श्रेष्ठले नेकपालाई घुस नखाने पार्टी बनाउने बताए।
- उनले मजदुर, जनजाति, दलितलाई एकताबद्ध गरेर काम गर्ने कुरा गरे।
- माओवादी सरकारको सुशासनको प्राथमिकता कांग्रेस र एमालेलाई मन नपरेको उनको भनाइ छ।
सुर्खेत । नेपाल कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले नेकपालाई घुस नखानेहरूको पार्टी बनाउने बताएका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले नेकपालाई घुस नखानेहरूको पार्टी भनेर चिनाउनुपर्ने भएकाले त्यही अनुसार काम गरिने बताए ।
‘भ्रष्टाचार नगर्नेहरूको पार्टी बनाएर सबैलाई एकताबद्ध गराउनुपर्ने छ,’ उनले अगाडि भने, ‘मजदुर, जनजाति, दलितलाई समेत एकताबद्ध गरेर काम गरिनेछ ।’
साथै, उनले माओवादी सरकारमा हुँदा सुशासनलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको तर कांग्रेस र एमालेलाई त्यो नरुचेको बताए । ‘कांग्रेस र एमालेलाई सुशासन रुचेन, जसका कारण नेपालमा जेनजी आन्दोलन सुरु भएको हो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण