काठमाडौँ । शनिबारदेखि नेकपा एमाले ११औँ महाधिवेशनमा छ । देशका विभिन्न कुनाबाट महाधिवेशनमा भाग लिन राजधानी आएका प्रतिनिधि तथा कार्यकर्ताहरूले पार्टीको आगामी नेतृत्वका विषयमा खुलेर आफ्ना धारणा राखेका छन् ।
प्रतिनिधिहरूले महाधिवेशनले पार्टीलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिएका छन् । धेरैजसोले निर्वाचन भन्दा पनि सर्वसम्मत नेतृत्व चयन होस् भन्ने चाहना व्यक्त गरेका छन् ।
बाह्य शक्ति र अन्य दलहरूबाट एमालेलाई कमजोर बनाउने खेल भइरहेको भन्दै कतिपय प्रतिनिधिहरूले त्यसको प्रतिवाद गर्न सक्ने सबल नेतृत्वको खाँचो रहेको समेत बताएका छन् ।
प्रतिक्रिया