मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

म्याग्दीबाट गर्बुजा र भण्डारी कांग्रेसको उम्मेदवार सिफारिस

शनिबार, २७ मङ्सिर २०८२, २० : ५२
शनिबार, २७ मङ्सिर २०८२

म्याग्दी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको उमेद्वारका लागि नेपाली कांग्रेस म्याग्दीले दुई जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ पार्टीका जिल्ला सभापति खमबहादुर गर्बुजा र उपसभापति कर्णबहादुर भण्डारीको नाम सिफारिस गरिएको हो ।

विसं २०७९ को निर्वाचनमा म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गर्बुजा जेनजी आन्दोलनअघि तत्कालीन सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीको जिम्मेवारीमा थिए ।

बेनीस्थित पार्टी कार्यालयमा आज बसेको जिल्ला कार्यसमिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिको संयुक्त बैठकले केन्द्रिय समितिको निर्देशनअनुसार प्रत्यक्ष र समानुपातिकतर्फका उमेद्वारको नाम सिफारिस गरेको सचिव हिराबहादुर पुनले बताए । 

उनका अनुसार छ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा प्रतिनिधिसभाको एउटा मात्र निर्वाचन क्षेत्र छ । त्यस्तै राष्ट्रियसभा निर्वाचनका लागि पुरुषतर्फ नेत्रबहादुर महत र महिलातर्फ निर्मला श्रेष्ठको नाम सिफारिस गरिएको उनले जानकमारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप