वायु प्रदूषण बढेपछि दिल्लीमा लागु भयो 'वर्क फ्रम होम'
दिल्ली । भारतको राजधानी दिल्लीमा वायु प्रदूषणको बढ्दो स्तरलाई मध्यनजर गर्दै ग्रयाप–४ (ग्रेडेड रेस्पोन्स एक्शन प्लानको चौथो चरण) लागु गरिएको छ ।
यससँगै यस क्षेत्रका सरकारी र निजी कार्यालयहरूका लागि नयाँ आदेश जारी गरिएको छ ।
नयाँ आदेशअनुसार दिल्ली सरकारका सबै सरकारी कार्यालयहरू र दिल्लीमा सञ्चालित सबै निजी कार्यालयहरूले ५० प्रतिशत कर्मचारीका साथ काम गर्नुपर्नेछ, जबकि बाँकी कर्मचारीहरूले घरबाटै काम (वर्क फ्रम होम) गर्नुपर्नेछ ।
यो उपाय प्रदूषणका कारण हुने सवारी साधन उत्सर्जनलाई कम गर्नका लागि अपनाइएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।
पर्यावरण (संरक्षण) अधिनियम, १९८६ को धारा ५ अन्तर्गत जारी गरिएका यी निर्देशनहरू तत्काल प्रभावबाट लागू भएका छन् । अस्पताल, प्रहरी, दमकलजस्ता आवश्यक सेवाहरूलाई भने यस नियमबाट छुट दिइएको छ ।
ग्रयाप–४ मा निर्माण कार्यहरूमा रोक, गैर–आवश्यक ट्रकहरूको प्रवेशमा प्रतिबन्ध र अन्य कडा उपायहरू पनि समावेश छन्, जसले वायु गुणस्तर सूचकांकमा सुधार ल्याउन मद्दत पुग्ने विश्वास त्यहाँको सरकारले गरेको छ । नागरिकहरूलाई नियमहरूको पालना गर्न र अनावश्यक रूपमा बाहिर ननिस्कन पनि आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण