गाजामा हमासका हतियार प्रमुखलाई मारेको इजरायलको दाबी
काठमाडाैँ । इजरायलले गाजा पट्टीमा शनिबार भएको आक्रमणमा हमासको सैन्य शाखाको हतियार उत्पादन प्रमुखको हत्या गरेको बताएको छ।
गाजा शहरको दक्षिणपश्चिममा रहेको तेल अल–हवा जिल्लामा इजरायलले गरेको आक्रमणमा परी पाँच जनाको मृत्यु भएको नागरिक सुरक्षा निकाय र प्यालेस्टिनी क्षेत्रका स्वास्थ्य स्रोतले एएफपीलाई जानकारी दिएका छन् ।
सेनाले उक्त क्षेत्रमा एउटा मात्र आक्रमण भएको र त्यसमा हमासका उच्च नेता राद साद मारिएको जनाएको एएफपीसँग बताएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायली काट्जले एक संयुक्त वक्तव्यमा भनेका छन्, “गाजा पट्टीको ‘एलो जोन’मा हमासले विस्फोटक पदार्थ विस्फोट गरी आक्रमण गर्दा इजरायली भएको छ । आक्रमणपछिको प्रतिकारमा ‘आतङ्कवादी समूह’ हमासका नेता राद सादको मृत्यु भएको छ।”
गाजामा इजरायल र हमासबीच अमेरिकी मध्यस्थतामा भएको युद्धविराम अन्तर्गत इजरायली सेना तथाकथित ‘एलो लाइन’ पछाडिको स्थानमा फर्किएको छ, यद्यपि उनीहरूले अझै पनि आधाभन्दा बढी भूभाग नियन्त्रणमा राखेका छन् ।
नेतन्याहू र काट्जले सादलाई सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणको ‘योजनाकाहरू मध्ये एक’ को रूपमा वर्णन गरेको छ ।
इजरायली सेनाका अनुसार साद हमासको सैन्य शाखाको हतियार उत्पादन मुख्यालयका प्रमुख थिए जसले समूहको ‘सैन्य बल निर्माण’ को नेतृत्व गरेका थिए।
पारिवारिक स्रोतले उनको निधनको पुष्टि गर्दै आइतबार अन्त्येष्टि गरिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण