बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

विवरणहरू हेरफेर गरी राष्ट्रिय परिचयपत्र 'एप्रुभ' गर्ने २ जना पक्राउ

आइतबार, २८ मङ्सिर २०८२, १९ : ५४
आइतबार, २८ मङ्सिर २०८२

काठमाडाैँ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ अन्तर्गतकाे कसूरमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर ३ बस्दै आएका २८ वर्षीय सुनित प्रभाग रेग्मी र साेही महानगरकाे वडा नम्बर १३ बस्ने वर्ष २८ वर्षकै आशिष बाबु कुमाल रहेका छन् । 

केन्द्रीय अनुसन्धान ब्यूराेका प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार रेग्मीले  राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार, काठमाडौंमा कार्यरत विवरण दर्ता अपरेटरको युजर आइडी र पासवर्ड दुरूपयोग गरी गलत मनसायले विभिन्न व्यक्तिहरुका विवरणहरु हेरफेर गरी राष्ट्रिय परिचयपत्र एप्रुभ गरेका थिए ।

उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप