बालेनकाे र्याप रहेकाे गीत ‘आम नेपाली बुबा’ सार्वजनिक
आइतबार, २८ मङ्सिर २०८२, २१ : ०५
काठमाडाैँ । चलचित्र ‘झरीपछिको इन्द्रेणी’को गीत आम नेपाली बुबा सार्वजनिक गरिएको छ ।
आइतबार राति काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।
गीतमा बालेनको र्याप र लय छ भने गणेश उप्रेती,कमलमणी नेपाल लगायतको अभिनय छ ।
गीतमा दीक्षा उप्रेतीको स्वर छ । विशेष पाण्डेको मिक्सिङ रहेकाे गीतलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन् ।
यो समाचार तयार पार्दासम्म १२ हजार भन्दा बढीले गीत हेरेका छन् ।
कलाकार अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित चलचित्र ‘झरीपछिको इन्द्रेणी’आगामी पुस ४ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको छ । चलचित्र नागराज इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
-
सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण