प्रहरी हिरासतमा रहेका अभियुक्त शौचालयमा मृत फेला
सारांश
- काभ्रेको मंगलटार प्रहरी कार्यालयको हिरासतमा एक युवक मृत फेला परेका छन्।
- मृतक रोशी गाउँपालिकाका २१ वर्षीय दूत राज तामाङ चोरी मुद्दामा पक्राउ परेका थिए।
- प्रहरीका अनुसार, उनले ब्ल्याङ्केट च्यातेर पासो बनाएर आत्महत्या गरेका हुन्।
काभ्रे । काभ्रेको इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतमा रहेका एक युवक मृत फेला परेका छन्। प्रहरीले चोरी मुद्दामा पक्राउ गरेका अभियुक्त इलाका प्रहरी कार्यालय मंगलटारको शौचालयमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।
सोमबार बिहान ३ बजेको समयमा प्रहरी कार्यालय मंगलटारको शौचालयमा हिरासतमा रहेका व्यक्ति मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए। उनका अनुसार, रोशी गाउँपालिका वडा नम्बर-१२ का २१ वर्षीय दूत राज तामाङ शौचालयमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्।
ब्ल्याङ्केट च्यातेर त्यसैको पासो बनाएर उनी झुन्डिएको पाइएको छ। चोरी मुद्दामा पक्राउ परेका उनलाई आइतबार मात्रै प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो। उनको घरबाट चोरीका सामग्रीसमेत बरामद भएको प्रहरी निरीक्षक कार्कीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रधानमन्त्रीका सल्लाहकारले संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो ?’
-
भीम रावलको नजरमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ ?
-
माधव–केपी र प्रचण्डको काम एउटै भएकाले कम्युनिस्ट पार्टीमा समस्या देखियो : धर्मेन्द्र बास्तोला
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
-
‘प्रधानमन्त्रीको कार्यालय हिटलरको ग्यास च्याम्बर जस्तै भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण