राम्रो धितोमा ‘आँखा लगाउने’ प्रवृत्तिमा राष्ट्र बैंकको कडाइ
सोमबार, २९ मङ्सिर २०८२, १३ : ३२
सारांश
- राष्ट्र बैंकले बैंकहरूलाई धितो सकार्नुअघि लिलामी प्रक्रियालाई कडाइ गरेको छ।
- नयाँ व्यवस्था अनुसार, बैंकले धितो सकार गर्नुअघि कम्तीमा ३ पटक लिलामी गर्नुपर्नेछ।
- सकार गरिएको धितोको रकमको कर्जा नोक्सानी व्यवस्थामा भने केही खुकुलो पारिएको छ।
काठमाडौँ । राम्रो धितो आफैँले सकारेर अनुचित फाइदा लिने केही बैंकको प्रवृत्तिमाथि राष्ट्र बैंकले कडाइ गरेको छ । बैंकले एकीकृत निर्देशन संशोधन गर्दै धितो सकार गर्नुअघि धितो बिक्रीका लागि अधिकतम पहल गर्नुपर्ने व्यवस्था गरेको हो ।
यसअघि बैंकहरूको कर्जा असुल नभएमा उक्त धितो एकपटक लिलामी गर्दा बिक्री नभएमा सकार गर्नसक्ने व्यवस्था थियो । परिवर्तित व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले कुनै पनि ऋणीको सम्पत्ति आफैँ सकार गर्नुअघि कम्तीमा ३ पटक लिलामी गर्नुपर्ने व्यवस्था गरिएको छ ।
तर, यसरी सकार गरिएको धितो बापतको रकमबापत कर्जा नोक्सानी व्यवस्थामा भने खुकुलो प्रावधान राखिएको छ । यसअघि सकार गरेको गैर बैंकिङ्ग सम्पत्तिमा सकार गरेकै मितिदेखि शतप्रतिशत नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था थियो । यो व्यवस्था अब हटाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण