बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत्रकारलाई सोमबार पक्राउ गरिएको प्रहरीले बताएको छ।
गत वर्ष हसिनाको निरंकुश सरकार र उहाँको अवामी लिगलाई अपदस्थ गर्ने विद्यार्थीको नेतृत्वमा भएको विद्रोहपछि पहिलो मतदानअघि भएको यो पक्राउपछि एक प्रमुख अधिकारवादी समूहले चासो व्यक्त गरेको छ।
‘टक शो’ र सामाजिक सञ्जालहरूमा प्रचारबाजी गरेको र अवामी लिगको पुनस्र्थापनाको षड्यन्त्र गरेको आरोपमा अन्य तीन जनासँगै वरिष्ठ पत्रकार अनीस आलमगीरलाई आतंकवाद विरोधी ऐन अन्तर्गत पक्राउ गरिएको हो ।
अन्तरिम सरकारले मे महिनामा हसिनाको अवामी लिगलाई आतङ्कवाद विरोधी ऐनमा संशोधन गर्दै प्रतिबन्ध लगाएको थियो, जसलाई ‘ह्युमन राइट्स वाच’ले ‘कठोर’ भनेर निन्दा गरेको थियो।
राजधानी ढाकास्थित ‘उत्तरा वेस्ट पुलिस पोस्ट’का इन्चार्ज काजी मोहम्मद रफिकले भने, “अनीस आलमगिरलाई राज्यविरुद्ध षड्यन्त्र गरेको आरोपमा पक्राउ गरिएको हो ।”
आलमगिरसँगै अन्य तीन जनाको नाम प्रहरी कागजातमा उल्लेख गरिएको छ। पक्रउ पर्ने अन्य व्यक्तिमा अभिनेत्री मेहर अफरोज शान पनि रहेका छन् ।
अधिकारवादी सङ्गठन ऐन ओ सलिश केन्द्रले पक्राउको निन्दा गरेको छ । वक्तव्यमा भनिएको छ, “आतङ्कवादी गतिविधि रोक्नका लागि मूल रूपमा बनेको कानुनको प्रयोग गर्नु अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिता कानुनको विरुद्धमा भएको र यो लोकतान्त्रिक राज्यको आधारभूत सिद्धान्त विपरीत हो।”
वक्तव्यमा भनिएको छ, “यो अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण हो।” बङ्गलादेशमा लामो समयदेखि प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने काम हुँदै आएको छ। हसिनाको कार्यकाल बङ्गलादेशमा मिडिया स्वतन्त्रताको लागि सबैभन्दा खराब अवधिको रूपमा चिह्नित गरिएको थियो।
‘रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)’ का अनुसार सन् २०२५ मा प्रेस स्वतन्त्रताका लागि १८० देशमध्ये बङ्गलादेश १४९ औँ स्थानमा रहेको थियो । यद्यपि यो सन् २०२४ को १६५औँ स्थानको तुलनामा केही तल झरेको हो ।
आरएसएफले रिपोर्टमा भनेको छ, “सन् २०२५ मा १३० भन्दा बढी पत्रकारहरूलाई ‘निराधार न्यायिक कारबाही’ को अधीनमा राखिएको छ र पाँच जनालाई हिरासतमा लिइएको छ।”
यसलाई शेख हसिनाको पतनपछि भएको राजनीतिक प्रतिशोध भनिएको छ । पक्राउ परेका केही चर्चित पत्रकारहरूमा एकात्तोर टिभीका फरजाना रुपा, शकिल अहमद र मोजम्मेल बाबु तथा स्वतन्त्र पत्रकार शहरयार कबिर र भोरेर कागोज पत्रिकाका सम्पादक श्यामल दत्ता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण