गण्डकीका उम्मेदवार भित्र्याउन ईश्वर प्यानल सक्रिय
सारांश
- नेकपा एमालेको ११औं महाधिवेशनमा विभिन्न पदमा ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्।
- लुम्बिनी प्रदेशबाट महिला र मधेशी क्लस्टरतर्फका युवा सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका छन्।
- पार्टीको अनुशासन आयोग र लेखा आयोगका अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा पनि निर्विरोध चयन भएको छ।
पोखरा । ओली क्याम्पबाट पदाधिकारी बन्ने दाउमा रहेका धेरै गण्डकीका नेताहरू केन्द्रीय सदस्यका उम्मेदवार बन्न बाध्य छन् । त्यसो त महासचिव ताकिरहेका प्रभावशाली नेता पृथ्वीसुब्बा गुरुङलाई उपाध्यक्षमा थन्क्याइएको छ । उपाध्यक्षमा किरण गुरुङ दाबेदार थिए । नवौँ महाधिवेशनमा ओली प्यानलबाटै उपाध्यक्षमा चुनाव हारेका उनी अहिले पनि केन्द्रीय सदस्यमा चुनाव लड्न राजी भए ।
उपमहासचिव दाबेदार हुन्, पद्मा अर्याल । एक कार्यकाल सचिव भइसकेकी उनलाई सचिवकै टिकट दिएर दोहोर्याउन चाहन्छन् ओली । पदम गिरीले सचिव पद मागेका थिए । उनलाई सदस्यमै राखिएको छ । सचिवकै दाबेदारका रूपमा सार्वजनिक भएका जगत बहादुर विक पनि सदस्य दोहोरिने दाउमा छन् ।
ओली क्याम्पबाट टिकट पाएका पदाधिकारी सहित केन्द्रीय सदस्य र आयोग पदाधिकारी तथा सदस्यमा गण्डकीबाट ५२ जना उम्मेदवार बनेका छन् । त्यसबाहेक, स्वतःस्फूर्त रूपमा उम्मेदवार दिनेहरू पनि छन् । ओली निकटकै धेरै नेताहरू अहिले स्वतन्त्र उम्मेदवार बनेका छन् ।
बागलुङबाट हिराबहादुर केसी, गोरखाका प्रेम गुरुङ, कास्कीका भीम कार्की, तनहुँका विष्णुभक्त सिग्देल र नवलपुरबाट मुक्तिराम पाण्डेले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । कास्कीबाट टिकाराम पंगेनी र जगन्नाथ बास्तोला पनि उम्मेदवार बनेका छन् । उनीहरू ईश्वर प्यानल कि स्वतन्त्र भन्ने अझै खुलेको छैन । जे होस्, ओलीको सार्वजनिक सूचीमा उनीहरूको नाम छैन ।
स्वतन्त्र रूपमा उम्मेदवारी दिएपनि उनीहरूलाई फकाउन ईश्वर प्यानल सक्रिय भएर लागेको छ । ईश्वर प्यानलबाट गण्डकीले एउटा मात्रै पदाधिकारी पाएको छ । बागलुङका इन्द्रलाल सापकोटा सचिवको उम्मेदवार छन् । यही प्यानलबाटै युवातर्फ म्याग्दीका प्रकाश पौडेलले उम्मेदवारी दिएका छन् । यो पदमा कास्कीका नवराज ओझा प्रतिस्पर्धामा छन् । कास्कीकी सिर्जना शर्मा र मित्रकुमारी गुरुङ सुवेदीले पनि उम्मेदवारी दिए । उनीहरू ईश्वर प्यानलका उम्मेदवार भएको बताइन्छ । शर्मा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार माधव शर्माकी धर्मपत्नी हुन् ।
त्यसो त, भण्डारीकी मितिनी पोखरा महानगरपालिकाकी उपमेयर मन्जुदेवी गुरुङ नै ओली क्याम्पबाट केन्द्रीय सदस्य उम्मेदवार बनेकी छिन् । हालसम्म गण्डकीबाट एकजना सर्वसम्मत भैसकेका छन् । अनुशासन आयोगका सचिव डा भरतराज पहारी सर्वसम्म निर्वाचित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण