ओली प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवार बनिन् रावल
सारांश
- नेकपा एमालेकी नेतृ पार्वती रावलले खुला महिलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएकी छिन्।
- उनी केपी शर्मा ओली नेतृत्वको संस्थापन प्यानलबाट उम्मेदवार बनेकी हुन्, र उनको लामो राजनीतिक अनुभव छ।
- रावल अघिल्लो कार्यकालमा केन्द्रीय सदस्य तथा पार्टीको शिक्षा तथा मानव स्रोत विभागको प्रमुख थिइन्।
काठमाडौँ । नेकपा एमालेकी नेतृ पार्वती रावलले खुला महिलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएकी छन्। केपी शर्मा ओली नेतृत्वको संस्थापन प्यानलबाट रावलले उम्मेदवारी दिएकी हुन् ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६ की स्थायी बासिन्दा रावल अघिल्लो कार्यकालमा केन्द्रीय सदस्य तथा पार्टीको शिक्षा तथा मानव स्रोत विभागको प्रमुखका रूपमा जिम्मेवारीमा रहेकी थिइन्।
पार्टी संगठनदेखि संसदीय र सरकारी तहसम्मको लामो अनुभवका आधारमा उनले केन्द्रीय कमिटीमा निरन्तरताका लागि उम्मेदवारी दिएकी हुन् ।
रावलको राजनीतिक पृष्ठभूमि बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पक्षमा उभिएको पारिवारिक संस्कारबाट शुरू भएको थियो ।
२०४२–०४३ सालमा जनपक्षीय उम्मेदवारलाई जिताउन भूमिका खेलेको परिवारमा हुर्किएकी उनी २०४६ सालको जनआन्दोलनका बेला विद्यार्थी संगठनद्वारा आयोजित सभा, जुलुस र धर्नामा सक्रिय सहभागी हुन्थिन्। त्यसपछि क्याम्पस प्रारम्भिक कमिटी सदस्य हुँदै अध्यक्षसम्म बनिन् ।
विद्यार्थी राजनीतिमा अनेरास्ववियुको चितवन क्षेत्र नम्बर २ को क्षेत्रीय अध्यक्ष, जिल्ला कमिटी सदस्य र सहसचिव हुँदै पन्ध्रौं राष्ट्रिय सम्मेलन प्रतिनिधिसम्मको भूमिका निर्वाह गरेकी रावल अनेमसंघको जिल्ला कमिटी सदस्य पनि रहिन्। युवा राजनीतिमा उनले प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालमा जिल्ला सदस्य, सचिव र अध्यक्षका रूपमा काम गरिन्। उनी युवा संघकी पहिलो महिला जिल्ला अध्यक्ष पनि हुन्।
पार्टी संगठनमा रावलले एमाले वडा कमिटी सचिव, गाउँ कमिटी सदस्य, क्षेत्रीय कमिटी सदस्य, जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य, उपसचिव र सचिव हुँदै जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालिन्। उनी एमाले चितवनकी पहिलो महिला जिल्ला अध्यक्ष हुन् । १०औं महाधिवेशनबाट पनि उनी केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएकी थिइन्।
त्यसपछि जिल्ला सह-इन्चार्जको जिम्मेवारी एक वर्ष सम्हालिन् भने महाधिवेशन अघिसम्म शिक्षा तथा मानव स्रोत विभागको प्रमुखको रूपमा कार्यरत थिइन्। सरकारी तथा संवैधानिक तहमा रावल २०६८ देखि २०७० सम्म तत्कालीन स्थानीय विकास मन्त्रालयअन्तर्गत महिला जिल्ला समन्वय समिति चितवनको उपाध्यक्ष रहिन्।
२०७४ देखि २०८० सम्म उनी राष्ट्रिय सभा सदस्य भइन् र राष्ट्रिय सभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिका रूपमा २ कार्यकाल पूरा गरिन् ।
रावल २०६४ सालको संविधान सभामा चितवन– ४, २०७० सालको दोस्रो संविधान सभामा चितवन– ४ र २०७१ सालको उपनिर्वाचनमा चितवन– ४ बाट उम्मेदवार बनेकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण