बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

यमुना एक्सप्रेसवे दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

बाक्लो हुस्सुका कारण सवारी साधन ठोक्किएर भएको थियो आगलागी
मङ्गलबार, ०१ पुस २०८२, १५ : २८
मङ्गलबार, ०१ पुस २०८२

सारांश

  • दिल्ली-आगरा यमुना एक्सप्रेसवेमा बाक्लो हुस्सुका कारण भएको दुर्घटनामा १३ जनाको मृत्यु भएको छ।
  • मथुराको बलदेव इलाकामा मंगलबार बिहान करिब ४:३० बजे आठ बस र तीन साना सवारी साधन आपसमा ठोक्किएर दुर्घटना भएको थियो।
  • दुर्घटनामा परेका शवहरूलाई पोस्टमार्टमका लागि पठाइएको थियो र पहिचानका लागि डीएनए परीक्षण गरिनेछ।

मथुरा । दिल्ली-आगरा यमुना एक्सप्रेसवेमा बाक्लो हुस्सुका कारण भएको दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढेर १३ पुगेको छ। मथुराका एसएसपी श्लोक कुमारले यसको जानकारी दिएका हुन्।

मथुराको बलदेव इलाकामा मङ्गलबार बिहान करिब ४:३० बजे यो दुर्घटना भएको थियो। यसमा आठ बस र तीन साना सवारी साधनहरू आपसमा ठोक्किएका थिए। यसअघि यस दुर्घटनामा चार जनाको मृत्यु भएको बताइएको थियो।

एसएसपी श्लोक कुमारले बताए, ‘यमुना एक्सप्रेसवेमा भएको दुर्भाग्यपूर्ण घटनामा आठ बस र तीन साना सवारी साधन ठोक्किएर आगलागी भएको थियो। त्यहाँ भेटिएका शवहरूलाई पोस्टमार्टमका लागि पठाइएको थियो। केही व्यक्तिहरूलाई उद्धार गरिएको थियो र केहीलाई उपचारका लागि भर्ना गरिएको थियो।’

उनले भने, ‘दुर्घटनास्थलबाट भेटिएका भग्नावशेष र अन्य अवशेषहरूलाई शवगृहमा पठाइएको थियो। डाक्टरहरूले त्यसको परीक्षण गरे। परीक्षणपछि १३ जनाको मृत्यु भएको पुष्टि भएको छ।’

प्रहरी अधिकारीका अनुसार तीन वटा शवको पहिचान भएको छ भने बाँकी जलेका वा आंशिक जलेका शवहरूको पहिचान डीएनए परीक्षणमार्फत गरिनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप