बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मनराज बने उज्यालो नेपाल पार्टीको प्रदेश संयोजक

बुधबार, ०२ पुस २०८२, १० : २७
बुधबार, ०२ पुस २०८२

सारांश

  • मनराज गुरुङ उज्यालो नेपाल पार्टीको प्रदेश संयोजकमा चयन भएका छन्।
  • उनी माओवादी केन्द्रबाट शुक्लागण्डकी नगरपालिकाका अध्यक्ष हुँदै पार्टी परित्याग गरेका थिए।
  • गुरुङ २०७४ को स्थानीय निर्वाचनमा वडाध्यक्ष समेत निर्वाचित भएका थिए।

पोखरा । तत्कालीन नेकपा माओवादी केन्द्र परित्याग गरेका तनहुँका मनराज गुरुङ उज्यालो नेपाल पार्टीको प्रदेश संयोजक चुनिएका छन् । उनलाई सोमबार उज्यालो नेपाल पार्टीले प्रदेश संयोजकको जिम्मेवारी दिएको हो । 

 उनी तत्कालीन माओवादीबाट शुक्लागण्डकी नगरपालिकाका अध्यक्ष हुँदै प्रदेश कमिटी सदस्य बनेका थिए । तर माओवादीले आफ्नो सिद्धान्त त्यागेर अन्यत्र मिलजुल गर्न थालेपछि आफू त्यहाँ बस्न नसकेको भन्दै उनले पार्टी परित्यागको घोषणा गरेका थिए । 

मनराज २०७४ को स्थानीय निर्वाचनमा शुक्लागण्डकी १२ को वडाध्यक्ष समेत निर्वाचित भएका थिए । नेपाली कम्युनिष्ट पार्टी बनिसकेपछि आफू उक्त पार्टीमा आवद्ध नभएको गुरुङले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप