अपडेट
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
बुधबार, ०२ पुस २०८२, १० : ५४
सारांश
- बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ।
- छापावाल सुन तोलामा ७०० रुपैयाँले वृद्धि भएको छ।
- चाँदीको मूल्य पनि बढेर तोलामा ४ हजार ५५ रुपैयाँ पुगेको छ।
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको हो ।
यसअघि मंगलबार छापावाल सुन तोलामा २ लाख ५९ हजार रुपैयाँ कायम भएको थियो । यस आधारमा बुधबार छापावाल सुन तोलामा ७०० रुपैयाँ बढेको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ३ हजार ८८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा ४ हजार ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण