२५.२० कराेड तिरेर कोलकाताले भित्र्याएको भोलिपल्टै यी ‘महँगा’ खेलाडी शून्य रनमै आउट
सारांश
- क्यामरन ग्रीन, आइपीएलको सबैभन्दा महँगो खेलाडी, बुधबार शून्य रनमा आउट भए।
- कोलकाता नाइट राइडर्सले उनलाई २५.२० करोड भारुमा किनेको थियो, तर उनले निराश पारे।
- ग्रीन अहिले अस्ट्रेलिया र इंग्ल्याण्डबीचको एसेज शृङ्खलामा व्यस्त छन्।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल)मा सबैभन्दा महँगो विदेशी खेलाडीका रूपमा आफ्नो नाम लेखाउन सफल अस्ट्रेलियन अलराउन्डर क्रिकेटर क्यामरन ग्रीनले बुधबार क्रिकेटप्रेमी, खासगरी कोलकाता नाइट राइडर्सका प्रशंसकलाई निराश तुल्याएका छन् ।
कोलकाता नाइट राइडर्सले मंगलबारमात्र मिनी अक्सनमार्फत ग्रीनलाई २५.२० करोड भारु तिरेर आफ्नो टिममा भित्र्याएको थियो । ग्रीन अहिले अस्ट्रेलिया र इंग्ल्याण्डबिच जारी एसेज शृङ्खला अन्तर्गत टेस्ट म्याचमा व्यस्त छन् । उनले बुधबार ब्याटिङको मौका पाएका थिए । यद्यपि दुई बल सामना गरेका उनले शून्य रनमै बाहिरिनु पर्यो ।
ग्रीनको विकेट जोफ्रा आर्चरको नाममा रह्यो । अघिल्लो दिन आइपीएल इतिहासमै सबैभन्दा महँगो विदेशी खेलाडीका रूपमा आफूलाई फ्रेन्चाइज टिमले भित्र्याउनु र भोलिपल्टै आफ्नो मुलुकको प्रतिनिधित्व गर्दै क्रिजमा उत्रिँदा रनको खाता नै खोल्न नसकी बाहिरिनु अस्ट्रेलियन क्रिकेटर ग्रीनका लागि अनौठो संयोग बनेको छ । अर्कोतिर कोलकाता नाइट राइडर्सको व्यवस्थापन पक्ष र समर्थकका लागि भने चिन्ताको विषय बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण