५ करोड २० लाख भारुमा बिकेका ट्रक ड्राइभरका छोरा अब आरसीबीको जर्सीमा
सारांश
- आईपीएल २०२६ मा उत्तर प्रदेशको मऊ जिल्लाका रवि सिंह र मंगेश यादव छनोट भएका छन्।
- राजस्थान रोयल्सले रविलाई ९५ लाख भारु र रोयल च्यालेन्जर्स बेंगलुरुले मंगेशलाई ५.२० करोड भारुमा खरिद गरेको छ।
- मंगेश यादव एक साधारण परिवारका हुन् र उनले मध्य प्रदेश टी-२० क्रिकेट लिगमा उत्कृष्ट प्रदर्शन गरेका थिए।
उत्तर प्रदेश । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को खेल सिजन यसपटक उत्तर प्रदेशको मऊ जिल्लाका लागि विशेष रह्यो ।
उक्त ठाउँका दुई खेलाडीले आईपीएलमा आफ्नो प्रतिभा देखाउन पाउने भएका छन् । रवि सिंह र मंगेश यादव आईपीएलका लागि छनोट भएका छन् । रविलाई राजस्थान रोयल्सले ९५ लाख भारुमा खरिद गरेको छ भने रोयल च्यालेन्जर्स बेंगलुरुले ५.२० करोड भारुको बोली लगाएर मंगेशलाई आफ्नो टिममा लिएको छ । २४ वर्षीय मंगेश बायाँहाते तीव्र गतिका बलर हुन् ।
साधारण परिवारका हुन् मंगेश
साधारण परिवारमा जन्मेका मंगेश यादवको संघर्षको कथा निकै रोचक छ। बुबा रामअवध यादव मऊको कैथवली गाउँमा आफ्नो पुर्ख्यौली घर छोडेर श्रीमती रीता यादव, छोरीहरू पायल, प्रिया, काजल र छोरा मंगेशसँगै मध्य प्रदेशको पांढुर्ना जिल्लामा बसाइँ सरेका थिए । उनी त्यहाँ ट्रक चालक हुन् । बोरगाउँ क्षेत्रमा उनी परिवारसहित भाडाको घरमा बस्न थाले । बाल्यकालदेखि नै मंगेशको रुचि पढाइभन्दा बढी क्रिकेटमा बढ्न थाल्यो ।
पारिवारिक अवस्था ठीक नभएका कारण कहिलेकाहीँ रामअवधको मन डगमगाए पनि छोराको लगन देखेर उनको हौसला अझ बढ्यो । आमा र बहिनीहरूको साथ सधैँ मंगेशसँगै थियो । नवभारत टाइम्ससँगको कुराकानीमा रामअवध यादव भावुक भए । 'म यही दिनको प्रतीक्षा गरिरहेको थिएँ । आज मेरो छाती गर्वले फुल्छ कि मेरो छोराले क्रिकेटको मैदानमा मऊका साथै उत्तर प्रदेश र भारतको नाम रोशन गर्नेछ,' उनले भने । यो सफलता उनको छोराको लगन र अथक परिश्रमको देन भएको उनले बताए ।

मंगेशको छनोटले उनको परिवारका साथसाथै पुर्ख्यौली गाउँमा पनि खुसीको लहर छाएको छ ।
मध्य प्रदेश टी–२० क्रिकेट लिगमा मंगेशले ग्वालियरको 'चीता' टोलीबाट खेल्दै २१ ओभरमा १४ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडीको उपाधि आफ्नो नाममा गरेका थिए । यस पूरै लिगभर मंगेशले तीन पटक चार–चार विकेट पनि लिएका थिए । तीन ओभरमा १८ रन दिएर चार विकेट लिएपछि उनी मानिसहरूको नजरमा आएका थिए । त्यसपछि सैयद मुश्ताताक अली ट्रफीमा सुपर लिगका दुई खेलमा तीन विकेट लिनुका साथै मंगेशले मात्र १२ बलमा २८ रनको पारी खेलेर सबैलाई चकित पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
-
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने
-
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण