नक्कली पासपोर्ट बनाएर विदेश जाने धन्दा, ३ जना पक्राउ
काठमाडौँ । काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली पासपोर्ट बनाएर विदेश जाने धन्दामा संलग्न रहेको आरोपमा मंगलबार ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ८ शान्तिटोल बस्ने ४३ वर्षीय यम बहादुर बस्नेत,झापा कचनकवल गाउँपालिका वडा नम्बर ३ घर भई हाल ललितपुरस्थित महालक्ष्मी नगरपालिका वडा नम्बर १ इमाडोल बस्ने ५१ वर्षीय कृष्ण बहादुर कटुवाल र झापाकै भद्रपुर नगरपालिका वडा नम्बर ९ घर भई हाल काठमाडौँको वडा नम्बर ३० ज्ञानेश्वर बस्ने ४१ वर्षीय सुर्य बहादुर खड्का रहेका छन् ।
काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार झुठ्ठा विवरण पेश गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाई विभिन्न व्यक्तिहरू तेस्रो मुलुक जाने गरेको सूचनाका आधारमा उनीहरू पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट नागरिकता,राहदानी,राष्ट्रिय परिचयपत्र सम्बन्धी आवेदन रुजु फाराम,मोबाइल लगायत सामग्री बरामद गरिएको छ ।
पक्राउ परेका उनीहरूलाई नागरिकता, लिखत किर्ते र सङ्गठित अपराध सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि बुधबार जिल्ला प्रहरी कार्यालय झापा पठाइएको सूचना अधिकारीले आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण