सेवा चुस्त पार्न नेपाल प्रहरीले सुरु गर्यो ‘स्वचालित मूल्याङ्कन प्रणाली’
सारांश
- नेपाल प्रहरीले सेवालाई चुस्त बनाउन स्वचालित मूल्याङ्कन प्रणाली सुरु गर्यो।
- प्रणालीले ७० वटा सूचक प्रयोग गर्नेछ र बिहान ९ बजेभित्र देशभरको विवरण महानिरीक्षकलाई प्राप्त हुनेछ।
- यस प्रणालीले प्रहरी कार्यसम्पादनको मूल्याङ्कन गरी पुरस्कार र दण्डको व्यवस्था गर्नेछ।
काठमाडौँ । नेपाल प्रहरीले बदलिँदो परिस्थितिअनुसार प्रहरी सेवा प्रभावकारी बनाउन स्वचालित मूल्याङ्कन प्रणाली लागू गरेको छ ।
प्रहरी महानिरीक्षकलाई दैनिक रिपोर्टिङ हुने गरी उक्त प्रणाली सुरु गरिएको र आज जिल्लाबाट रिपोर्टिङ भइसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले राससलाई जानकारी दिए ।
उक्त प्रणालीका लागि ७० वटा सूचक बनाइएको र प्रहरीको तल्लो इकाइबाट बिहान ९ः०० बजेभित्र उक्त प्रणालीमार्फत देशभरको विवरण प्रहरी महानिरीक्षकसम्म आइपुग्ने उनले जानकारी दिए ।
प्रहरीको अन्वेषण विभागले अध्ययन गरेर उक्त प्रणाली तयार पारी पुस १ गतेदेखि लागू गरिएको हो । उक्त प्रणालीका आधारमा हरेक प्रहरी कार्यालयको मूल्याङ्कन हुनेछ । त्यसैका आधारमा कुन कार्यालयले कति नम्बर पायो भनेर सबैले देख्न सकिने र त्यही आधारमा पुरस्कार र दण्डकोसमेत व्यवस्था गरिने उनले बताए ।
प्रवक्ता काफ्लेले भने, “यसले एक त प्रहरीहरूसमेत प्रतिस्पर्धामा सहभागी हुनेछन् भने अनुशासनहीन क्रियाकलापमा संलग्न हुनबाट रोक्न, सेवा प्रभावकारी बनाउन, अपराध अनुसन्धान प्रभावकारी बनाउन, गस्ती परिचालन, राजस्व बढाउने काममा सक्रिय हुनलाई सहयोग गर्नेछ ।” ७० वटा सूचक बनाएर कार्यान्वयन गरिएको र त्यसमा नम्बरिङसमेत गरिनेछ । जनताका गुनासा कति सम्बोधन गरियो ? कसरी गरियो सबै कुरा समावेश हुने गरी प्रणालीको विकास गरिएको छ ।
उनका अनुसार आज दिनभरिको गतिविधि भोलि बिहान ७ः०० बजे प्रहरी र गणले प्रदेश प्रहरीलाई रिपोर्ट गर्नेछन् । प्रदेशले एकीकृत गरेर हेडक्वार्टर प्रदेश समन्वय विभागलाई पठाउनेछ र विभागले बिहान ९ः०० बजे प्रहरी महानिरीक्षकको सचिवालयमा रिपोर्ट गर्नेछ ।
यसले चेनअफ कमान्डमा नबस्ने, सरुवा बढुवाको भनसुन गर्ने र नीति नमान्नेलाई कारबाही गर्न र राम्रो गर्नेलाई पुरस्कृत गर्न सहज हुने प्रहरीको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण