सुनसरीबाट स्रोत नखुलेको १५ लाख नगदसहित दुई जना पक्राउ
बिहीबार, ०३ पुस २०८२, १४ : २८
काठमाडौँ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित कोशीपुरबाट प्रहरीले स्रोत नखुलेको नगद सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटा शहिदभुमी गाउँपालिका–२ घर भएका २० वर्षीय अपित राई र ३१ वर्षीय कबिराज राई छन् ।
बुधबार साँझ पक्राउ परेका आरोपीहरूको साथबाट १५ लाख ३४ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट चतरापुलबाट खटिएको टोलीले धरानबाट आउँदै गरेको प्रदेश–०२–०१६ प ५७३३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सो रकम फेला पारेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण