मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

एमाले महाधिवेशन : भाइ केन्द्रीय सचिव, दाइ केन्द्रीय सदस्य

बिहीबार, ०३ पुस २०८२, १४ : ५५
बिहीबार, ०३ पुस २०८२

विराटनगर । नेकपा एमालेको ११ औँ महाधिवेशनबाट कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सचिवमा निर्वाचित भएका छन् । उनका दाजु दिपक कार्की भने केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

मुख्यमन्त्री कार्कीले १ हजार ३ सय ३७ मत ल्याएर सचिवमा विजयी हुँदा उनका दाई दिपक कार्कीले खुला केन्द्रीय सदस्यमा १ हजार ११६ मत ल्याएर विजयी बनेका छन् ।

एमालेका भर्खरै सम्पन्न मतगणना अनुसार अध्यक्षमा केपी शर्मा ओली विजयी बनेका छन् । कार्की दाजु भाइ नै ओलीको प्यानलमा थिए । 

दाइ कार्की संविधानसभाका सदस्य हुन् भने भाई कार्की दोस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्रीमा बाहल छन् ।

कोशी प्रदेशबाट केन्द्रीय पदाधिकारीमा ५ जना विजयी भएका छन् । जसमा अध्यक्ष केपी शर्मा ओली, सचिवमा योगेश भट्टराई, भानुभक्त ढकाल, शेरधन राई र हिक्मतकुमार कार्की निर्वाचित भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप