संखुवासभाको चिचिलामा दिदिङ आधारभूत विद्यालय भवन उद्घाटन
काठमाडौँ । संखुवासभाको चिचिला गाउँपालिका ३ मा अवस्थित दिदिङ आधारभूत विद्यालयको नयाँ विद्यालय भवन उद्घाटन गरिएको छ ।
बिहीबार काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले संयुक्त रूपमा भवनको उद्घाटन गरेका हुन् ।
विद्यालय भवन तथा अन्य सहयोगी संरचनाहरू उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत निर्माण गरिएको हो । उक्त परियोजनाको कार्यान्वयन संखुवासभाको चिचिला गाउँपालिकामार्फत गरिएको थियो ।
सन् १९६२ मा स्थापना भएको दिदिङ आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास (ईसीडी) देखि कक्षा ५ सम्म पठनपाठन हुँदै आएको छ । नयाँ पूर्वाधार निर्माणसँगै विद्यालयको भौतिक अवस्था सुदृढ हुने र सिकाइ वातावरणमा सुधार आउने अपेक्षा गरिएको छ ।
कार्यक्रमका क्रममा चिचिला गाउँपालिका, विद्यालय व्यवस्थापन तथा अन्य सरोकारवालाहरूले भारत सरकारले प्रदान गर्दै आएको विकास सहयोगको प्रशंसा गरेका छन् ।
उनीहरूले नयाँ भवनले यस क्षेत्रको शिक्षा प्रणालीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । नजिकका छिमेकी राष्ट्र भारत र नेपालबिच बहुआयामिक तथा बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुनी आधारबिना लाखौँ अस्थायी लाइसेन्स छपाइ
-
चितवनबाट अपहरणमा परेका बालकको काठमाडौँमा सकुशल उद्धार
-
सङ्घीय बजेट बेलुन फुलेजस्तो, प्रदेश बजेट चाहिँ कस्तो ?
-
सडक निर्माण भ्रष्टाचार मुद्दामा निर्माण व्यवसायीसहित चार जनाले पाए सफाइ
-
विश्वविद्यालयका उपकुलपति उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता असार १३ देखि १५ गतेसम्म
-
नेकपा कोशी प्रदेशको कार्य विभाजन टुङ्गियाे, जिल्ला र विभागहरूमा जिम्मेवारी बाँडफाँड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण