वीरगञ्जबाट करिब पौने पाँच करोडको सुपारीसहित दुई जना पक्राउ
वीरगञ्ज । पर्सा प्रहरीले आज ठुलो परिमाणमा बिहीबार सुपारी बरामद गरेको छ ।
प्रहरी प्रमुख सुदिपराज पाठकको कमाण्ड खटिएको टोलीले वीरगन्जबाट करिब पौने पाँच करोड रुपैयाँ बराबरको सुपारी बरामद गरेको हो ।
सुपारी लोड तथा अनलोड भइरहेको अवस्थामा दुई कन्टेनर सुपारी बरामद गरिएको पर्साका प्रहरी प्रमुख एसपी पाठकले बताए ।
उनका अनुसार विशेष सूचनाको आधारमा १८ सय बोरा सुपारीसहित दुई जनालाई पक्राउ गरिएको हो ।
वीरगञ्ज महानगरपालिका–२ स्थित बाइपास रोडमा रहेको निशान्त सोनावर्तको दाल प्याकिङ गोदाममा सुपारी अनलोड भइरहेको सूचना प्राप्त भएपछि प्रहरीले छापा मारेको प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सोही छापाका क्रममा भन्सार छली ल्याइएको सुपारी अनलोड भइरहेको अवस्थामा ना ७ ख ७४२० नम्बरको ट्रेलर ट्रक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
साथै सुपारी अनलोड गर्नका लागि रोकिराखिएको ना.ख. ६८३२ नम्बरको १४ चक्के ट्रेलर ट्रक समेत शङ्कास्पद अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
घटनास्थलबाट प्रहरीले ट्रेलर र ट्रक चालकलाई नियन्त्रणमा लिएको छ । जितपुर सिमरा उपमहानगरपालिका २० निवासी राम भरोस महरा र सोही नगरपालिकाको वडा नम्बर १९ निवासी रामप्रसाद यादव लाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका ट्रकहरूमा १८ सय बोरा सुपारी लोड गरिएको थियो, जसको अनुमानित मूल्य चार करोड सतहत्तर लाख चालिस हजार बराबर रहेको जनाइएको छ ।
बरामद सुपारी, ट्रक तथा पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण