एमाले महाधिवेशन : कोशीबाट यी हुन् जित्ने र हार्ने मन्त्री–सांसदहरू
सारांश
- एमालेको ११औँ महाधिवेशनमा कोशी प्रदेश सरकारका ५ जना विजयी भए, भने ५ जना पराजित भए।
- मुख्यमन्त्री हिक्मतकुमार कार्की र अन्य मन्त्रीहरू निर्वाचनमा विजयी भए, भने केही मन्त्रीहरू पराजित भए।
- भीम आचार्य र उनकी श्रीमती लगायतका नेताहरू निर्वाचनमा पराजित भए।
विराटनगर । नेकपा (एमाले) को ११औँ महाधिवेशनमा भएको निर्वाचनमा कोशी प्रदेश सरकार र प्रदेश सभामा प्रतिनिधित्व गर्ने ५ जना विजयी हुँदा ५ जना पराजित भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्की सचिवमा विजयी भएका छन् ।
यस्तै आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर, पूर्वमन्त्री समेत रहेका सांसद तिलकुमार मेन्याङ्बो, झापाका सांसद तिलचन पाठक र होम थापा केन्द्रीय सदस्यमा विजयी भएका छन् । उनीहरू सबै अध्यक्ष केपी शर्मा ओली प्यानलका हुन् ।
मुख्यमन्त्री कार्कीले १ हजार ३ सय ३७ मत प्राप्त गर्दै विजयी हासिल गरे । मेन्याङ्वो सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा विजयी भए । उनले १३२४ मत प्राप्त गरे । यसैगरी, अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाका सांसद पाठकले १२५१ मत र होमबहादुर थापाले ११७९ मत ल्याएर विजय हासिल गरे ।
पराजित हुनेमा प्रदेश सरकारका बहालवाला मन्त्री, संसदीय दलका प्रमुख सचेतक र अन्य केही सांसदहरू समेत छन् । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी ६२९ मतमा सीमित हुँदै पराजित भए ।
त्यस्तै, एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेप पनि फराकिलो अन्तरले पराजित भएका छन् । उनले जम्मा ४४३ मत मात्र प्राप्त गर्न सके ।
केन्द्रीय सदस्यको प्रतिस्पर्धामा उत्रिएका सोलुखुम्बुका सांसद बुद्धिकुमार राजभण्डारी (५८१ मत) र मोरङका सांसद लिलाबल्लभ अधिकारी (५४७ मत) पनि पराजित भएका छन् । यी दुवै सांसद ईश्वर पोखरेल पक्षधर मानिन्थे ।
यसपटकको निर्वाचनमा एमाले नेता भीमप्रसाद आचार्यको परिवारका लागि नतिजा सुखद् रहेन । उपाध्यक्ष पदमा उम्मेदवारी दिएका आचार्य र भूगोल क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी उनकी श्रीमती निरादेवी खनाल दुवै पराजित भएका छन् ।
निरादेवीलाई ईश्वर पोखरेल पक्षले आफ्नो प्यानलमा राखेको थियो । जसले ७८७ मत प्राप्त गरे पनि जितका लागि पर्याप्त भएन । उता, दुवै समूहको प्यानलमा नपरेपछि उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका भीम आचार्यले २६५ मत मात्र प्राप्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण