मुन्दुम क्षेत्रमा पदमार्ग निर्माण
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको मुन्दुम पदमार्गमा परिधीय संरचनासहित पदमार्ग निर्माण तथा पुनःनिर्माण सुरु गरिएको छ ।
चखेवादेखि मैयुङसम्म पदमार्ग नभएका स्थानमा नयाँ पदमार्ग निर्माण गरिने र बिग्रिएका स्थान संरचनालाई पुनःनिर्माण सुरु गरिएको निर्माण समितिका अध्यक्ष जीवन किरातीले जानकारी दिए । पदमार्ग निर्माण गर्दा किरात मुन्दुम संस्कृतिअनुसार विभिन्न सांस्कृतिक आकृतिसमेत समेटेर संरचनाको निर्माण गरिनेछ ।
पदमार्गमा पर्यटकको सुविधालाई ध्यानमा राख्दै पार्क, शौचालय, विश्रामस्थललगायत आवश्यक परिधीय संरचना निर्माण हुनेछन् । पदमार्ग निर्माण तथा पुनःनिर्माणका लागि दुई वटा समिति गठन गरिएको छ । एउटा समितिले पदमार्ग निर्माणको काम गर्नेछ भने अर्को समितिले परिधीय संरचना निर्माणको जिम्मेवारी लिनेछ । निर्माणमा १५० श्रमिक खटिनेछन् ।
पदमार्गलाई दीर्घकालीन रूपमा पर्यटन र कृषिका माध्यमबाट आत्मनिर्भर बनाउँदै लैजाने योजनाका साथ गाउँपालिका अघि बढिरहेको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए ।
उनले भने, “हामी पूर्वकै एक महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा यो मुन्दुम पदमार्ग विकास गर्न चाहन्छौँ, त्यसैका लागि आकर्षक र गुणस्तरीय पदमार्ग निर्माणमा जुटेका छौँ ।”
प्राकृतिक सौन्दर्य र किरात मुन्दुमी संस्कृतिले भरिपूर्ण यो पदमार्गमा लेकाली हावापानीसँगै हिमाल, पहाडका थुम्का, बिहानीको सूर्योदय, समथर फाँटको मनोरम दृश्य, विभिन्न प्रकारका जडीबुटी, चराचुरुङ्गी तथा रेडपाण्डासमेत नजिकबाट अवलोकन गर्न सकिने भएकाले पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी जाने श्रमिकलाई अब सीप परीक्षण अनिवार्य, थपियो १५ हजार रुपैयाँ आर्थिक भार
-
कानुनी आधारबिना लाखौँ अस्थायी लाइसेन्स छपाइ
-
चितवनबाट अपहरणमा परेका बालकको काठमाडौँमा सकुशल उद्धार
-
सङ्घीय बजेट बेलुन फुलेजस्तो, प्रदेश बजेट चाहिँ कस्तो ?
-
सडक निर्माण भ्रष्टाचार मुद्दामा निर्माण व्यवसायीसहित चार जनाले पाए सफाइ
-
विश्वविद्यालयका उपकुलपति उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता असार १३ देखि १५ गतेसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण