हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा ३ जना पक्राउ
काठमाडाैँ । श्रीलङ्काली प्रहरीले जङ्गली हात्तीलाई आगो लगाएको भिडियो भाइरल भएपछि जनावरहरूप्रति क्रूरता देखाएको आरोपमा ३ जनालाई बिहीबार पक्राउ गरेको छ।
प्रहरीले ४२ देखि ५० वर्ष उमेर समूहका ती व्यक्तिलाई कोलम्बोबाट करिब २ सय किलोमिटर उत्तरमा पर्ने अनुराधापुरा जिल्लाबाट नियन्त्रणमा लिएको जनाएको छ ।
उनीहरूलाई सामाजिक सञ्जालमा साझा गरेपछि उत्पन्न व्यापक विरोधपछि डिसेम्बर २४ सम्म हिरासतमा राखी घटनाको थप अनुसन्धान गर्न समय मागिएको छ ।
वन्यजन्तु अधिकारीहरूले बताएअनुसार जनावरलाई आगो लगाउनु अघि पहिले गोली हानिएको थियो र घाइते बनाइएको थियो । आक्रमणबाट घाइते भएका हात्तीलाई बचाउने पशु चिकित्सा सर्जनहरूको प्रयास असफल भएको थियो।
श्रीलङ्कामा हात्तीलाई पवित्र मानिन्छ र यहाँको कानूनद्वारा उनीहरूको संरक्षणका लागि स्पष्ट निर्देशन गरेको छ तर किसान र दुर्गम गाउँका बासिन्दाहरूले कहिलेकाँही बाली नष्ट गर्ने जङ्गली हात्तीहरूलाई आक्रमण गर्ने गरेका घटना सार्वजनिक हुनेगरेका छन् ।
श्रीलङ्काको कानुनअनुसार संरक्षित हात्तीको चोरी सिकारी गर्ने जोकोहीलाई मृत्युदण्डको सजायसम्म हुनसक्छ, तर देशले सन् १९७६ देखि मृत्युदण्ड दिएको छैन र मृत्युदण्डको सजाय स्वतः आजीवन कारावासमा परिणत हुन्छ ।
पछिल्लो पाँच वर्षमा बढ्दो मानव हात्ती द्वन्द्वका कारण वर्षेनी ४०० हात्ती र २०० जनाको ज्यान जाने गरेको छ।
श्रीलङ्कामा अनुमानित सात हजार जङ्गली हात्तीहरू छन्, जसलाई बौद्ध संस्कृतिमा उनीहरूको महत्त्वका कारण राष्ट्रिय सम्पत्तिको रूपमा लिइन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण