मङ्सिरमा रौतहट प्रहरीमा ८८ मुद्दा दर्ता, ४२ प्रतिवादी पक्राउ
सारांश
- रौतहट जिल्ला प्रहरी कार्यालयले मंसिर महिनाको सुरक्षा अवस्थाको विवरण सार्वजनिक गरेको छ, जसमा ८८ वटा मुद्दा दर्ता भएका छन्।
- प्रहरीले विभिन्न अपराधमा संलग्न ४२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ, भने हराएका २७ जनामध्ये ९ जना फेला परेका छन्।
- मंसिरमा २० जनाले आत्महत्या गरेको र लागुऔषध तथा सवारी दुर्घटनामा भएको क्षतिको तथ्याङ्कले चिन्ता बढाएको छ।
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले मङ्सिर महिनामा जिल्लाको सुरक्षा अवस्थासम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयको विवरणअनुसार एक महिनाभित्र मात्रै जिल्लामा ८८ वटा विभिन्न प्रकृतिका आपराधिक मुद्दा दर्ता भएका छन् ।
दर्ता मुद्दामध्ये २८ वटा फर्छ्यौट भइसकेका छन् भने ६० वटा मुद्दा अझै अनुसन्धानकै चरणमा रहेको रौतहट प्रहरी प्रमुख एसपी रबिन कार्कीले बताएका छन्।
सो अवधिमा जिल्लाको विभिन्न स्थानमा लुकिछिपी बसेका विभिन्न अपराधमा संलग्न ४२ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।
मङ्सिर महिनामा जिल्लाभर २७ जना व्यक्ति हराएको विवरण प्रहरीमा दर्ता भएको छ । तीमध्ये ९ जना फेला परेका छन् । हराउनेमा १३ महिला, २ बालक र १२ बालिका रहेका छन् भने फेला परेकामध्ये ४ महिला, १ बालक र ४ बालिका रहेका छन् ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी बिष्णुप्रदीप बस्यालका अनुसार एक महिनामा घरेलु हिंसासम्बन्धी २८ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये २० वटा मिलापत्रमार्फत समाधान गरिएको छ भने ८ वटा उजुरीमा कानुनी प्रक्रिया अघि बढिरहेको छ ।
आत्महत्याका तथ्याङ्कले बढायो चिन्ता
रौतहटमा मङ्सिर महिनामा मात्रै २० जनाले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक भएको छ । आत्महत्या गर्नेहरूमध्ये १७ जनाले झुण्डिएर र ३ जनाले विष सेवन गरेर ज्यान गुमाएका छन् ।
आत्महत्या गर्नेमा ६ पुरुष, ६ महिला, १ बालक र ७ बालिका रहेका छन् । उमेर समूहअनुसार १८ वर्ष मुनिका ८ जना र १८ देखि ६० वर्ष समूहका १२ जना रहेका छन्, जसले सामाजिक चुनौतीतर्फ संकेत गर्ने प्रहरीको भनाइ छ ।
लागूऔषध नियन्त्रण अभियानका क्रममा प्रहरीले ४ किलो ७५० ग्राम गाँजा र १९० मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ । साथै डाइजेपाम, नुफिल्म र फेनार्जनसहित ३ वटा एम्बुलेन्स नियन्त्रणमा लिइएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ।
मङ्सिर महिनामा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १६९ जना घाइते भएका छन् । जिल्ला भरीमा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार १० वटा सवारी साधन कारबाहीमा परेका छन्, । उक्त कारवाहीबाट १० लाख ५६ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण