बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

शुक्रबार, ०४ पुस २०८२, १४ : ३५
शुक्रबार, ०४ पुस २०८२

काठमाडौँ । गत भदाै २३ र २४ गते जेनजी प्रदर्शन हुँदा केन्द्रीय कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले काठमाडौँको चाबहिलबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ घर भएका ४९ वर्षीय जीवन पञ्चविर विश्वकर्मा उर्फ कान्छा छन् ।

उनलाई शुक्रबार काठमाडौँ महानगरपालिका–७ स्थित चाबहिलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

मानव बेचबिखन तथा बलात्कार मुद्दामा उनी केन्द्रीय कारागारमा थुनामा थिए । भदौ २४ मा आन्दोलनको क्रममा उनी त्यहाँबाट भागेका हुन् । 

प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेर केन्द्रीय कारागारमा बुझाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप