कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह
काठमाडाैँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीहरुको मान मर्दन गरेको आरोप लगाएका छन् । बागमती प्रदेश निर्माण व्यवसायी महासंघको साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले जेनजी विद्रोहबाट बनेको सरकारले निर्माण व्यवसाय र निर्माण उद्योगीहरुमा निर्मम प्रहार गरिरहेको बताए । उर्जा, जलश्रोत, सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकासमन्त्रीले असभ्य भाषाबाट निर्माण व्यवसायीहरुमाथि प्रहार गरिरहेका बताए । मन्त्री घिसिङको कदमले व्यवसायीहरु हतोत्साहीत भएको बताए ।
मन्त्रीले निर्माण उद्योगलाई धराशायी बनाइरहेको समेत उनले आरोप लगाए । असन्तुष्टि र विद्रोहबाट बनेको सरकारले पछ्याएको बाटो पनि विगतको दिनको भन्दा पाउन नसकेको बताए ।
उनले भने, ‘जेनजी विद्रोहबाट बनेको सरकारले निर्माण व्यवसाय र निर्माण उद्योगीहरुमा जुन हिसाबले प्रहार भइरहेको छ । त्यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छौँ । देशभरका निर्माण व्यवसायी साथीहरुलाई अहिले जुन तदारुकताका साथ विकास निर्माणका जिम्मेवारी प्राप्त गर्नुभएको मन्त्रीज्यु जो उर्जा, जलश्रोत, सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकासमन्त्री हुनुहुन्छ, उहाँले अहिले म्याराथन दौडको सिलसिलामा देशभरका निर्माण व्यवसायीहरुलाई अलिकति असभ्य भाषाहरु पनि प्रयोग गर्नुभएकाे छ ।’
उनले थप भने, ‘जुन तदारुकता उहाँले विकास निर्माणस्थलहरुमा भ्रमण गरेर त्यस्तो कमी कमजोरीलाई नियालेर त्यसअनुसार काम सम्पन्न गर्न उर्जा दिनुको सट्टा निर्माण व्यवसायीहरुको हतोत्साहित गर्ने, मान मर्दन गर्ने गरेर अभिव्यक्तिहरु दिने काम गर्नुभएको छ । सुन्नै नसक्ने, यो धर्तीमा रहन्न, भन्नेसम्मको अभिव्यक्ति दिने र त्यसैअनुसारको प्रचारप्रसार गर्ने शैलीमा छ । असन्तुष्टिबाट निस्किएको विद्रोहबाट बनेको सरकारले पछ्याएको बाटो पनि विगतको दिनको भन्दा पाउन सकेको छैन ।’
अध्यक्ष सिंहले विगतमा सरकारी संयन्त्रको प्रयोग गरी राजनीतिक स्वार्थ पूरा गर्ने गरिएको र अन्तरिम सरकारले पनि त्यही क्रमले निरन्तरता पाएको दाबी गरे । मन्त्री घिसिङ सरकारी संयन्त्रको प्रयोग गरेर पार्टीको प्रचारमा लागिरहेको आरोप लगाए । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण