३० वर्षदेखि अमेरिकामा बस्दै आएका नेपालीसहित ७५ जना डिपोर्ट
काठमाडौँ । अमेरिकामा पिआर पाएर ३० वर्षदेखि बस्दै आएका एक जना नेपाली नागरिक निष्कासनमा परेका छन् ।
पिआर नवीकरण नभएपछि निष्कासनमा परेका उनी बिहीबार मध्यान्ह नेपाल आइपुगेको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पङ्गेनीले रातोपाटीलाई बताए ।
बिहीबार उनीसहित ७५ जना नेपाली नागरिक निष्कासनमा परेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् ।
चार्टर्ड विमान मार्फत फर्काइएकाहरूलाई सोधपुछ गरेर पठाइएको एसएसपी पङ्गेनीले बताए । डिपोर्ट भएका मध्ये दुई जना भिजिट भिसामा गएर लुकेका र ७२ जना अवैध तवरले तल्लोबाटो हुँदै अमेरिका छिरेकाहरू छन् । उनीहरूमध्ये ७२ जना पुरुष र ३ जना महिला छन् । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो स्थापना भएपछि अहिलेसम्म ६६६ जना अमेरिकाबाट फर्काइएका छन् ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि हालसम्म ४३९ जना जना नेपाली निष्कासनमा परेका छन् ।
निष्कासनमा परेका आएका मध्ये ३ जनाले अमेरिका पठाउने गिरोह विरुद्ध प्रहरीको मानव बेचबिखन ब्युरोमा जाहेरी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण