सर्लाहीबाट काठमाडौँ आएको बसमा २१ सय एम्पुल लागुऔषध फेला, एक जना पक्राउ
शुक्रबार, ०४ पुस २०८२, १८ : ३१
काठमाडौँ । सर्लाहीबाट काठमाडौँ आएको बसमा २१ सय एम्पुल लागुऔषध भेटिएको छ । नागढुंगा चेकप्वाइन्टबाट प्रहरीले बागमती प्रदेश–०१–००६ ख ७८६६ नम्बरको यात्रुवाहक बसबाट लागुऔषध बरामद गरेको हो ।
लागुऔषध सहित रौतहट गुजरा नगरपालिका–३ घर भएका २४ वर्षीय शेख मोसिमलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
आरोपीको साथबाट प्रहरीले ७ सय एम्पुल डाइजेपाम, ७ सय एम्पुल फेनारगन र सोही परिमाणमा नोर्फिन बरामद गरेको छ ।
पुस ३ मा पक्राउ परेका आरोपी विरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण