बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पश्चिमी देशले रुसलाई धोका दिएकाे पुटिनको आरोप

शनिबार, ०५ पुस २०८२, ०१ : ४६
शनिबार, ०५ पुस २०८२

सारांश

  • पुटिनले पश्चिमी देशहरूले रुसलाई धोका दिएको आरोप लगाए।
  • उनले युक्रेन युद्धबारे बोल्दै यो संघर्ष रुसले सुरु नगरेको दाबी गरे।
  • पुटिनले नाटोले पूर्वतर्फ विस्तार नगर्ने भने पनि पछि त्यसको उल्लङ्घन भएको बताए।

मस्को । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशहरूले रुसलाई धोका दिएको आरोप लगाएका छन् । उनले वार्षिक प्रेस सम्मेलनमा युक्रेन युद्धबारे बोल्दै यो संघर्ष रूसले सुरु नगरेको दाबी गरे ।

बीबीसीको प्रश्नको जवाफ दिँदै पुटिनले भने, “हाम्रो सम्मान गरियो भने कुनै सैन्य कारबाही हुँदैन । हाम्रो सुरक्षा चासोलाई बेवास्ता गरियो।” उनले नाटोले पूर्वतर्फ विस्तार नगर्ने भने पनि पछि त्यसको उल्लङ्घन भएको बताए ।

पुटिनले युक्रेनले शान्तिपूर्ण समाधान अस्वीकार गरेको आरोप पनि लगाए। एनबीसीका प्रश्नमा उनले भने, “हामीले यो युद्ध सुरु गरेका होइनौँ ।”

प्रेस सम्मेलनमा आम नागरिकका केही प्रश्न र टिप्पणीहरू पनि देखाइएका थिए, जसमा महँगी नियन्त्रण गर्नुपर्ने र कार्यक्रमलाई ‘तमासा’ जस्तो बनाइएको भन्दै आलोचना गरिएको थियो।

पुटिनले हरेक वर्षको अन्त्यमा यस्ता प्रेस सम्मेलन गरी स्वदेशी तथा विदेशी सञ्चारमाध्यम र सर्वसाधारणका प्रश्नको जवाफ दिँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप