स्वास्थ्य र सुन्दरताका लागि वरदान हो पालक
सारांश
- पालक स्वास्थ्यका लागि निकै फाइदाजनक साग हो, जसमा आइरन, भिटामिन ए, सी र के पाइन्छ।
- यसले शरीरमा रगतको कमी हुन दिँदैन, पाचन प्रणालीलाई मजबुत बनाउँछ, र छालालाई कसिलो बनाउँछ।
- पालक एन्टी-अक्सिडेन्ट र एन्टी-इन्फ्लेमेटरी गुणले भरिपूर्ण हुन्छ, जसले विभिन्न रोगबाट बचाउँछ।
काठमाडौँ । पालकको नाम सुन्नेबित्तिकै धेरैले नाक खुम्च्याउने गर्छन्, तर यो हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक साग हो। पालकमा प्रशस्त मात्रामा आइरन पाइन्छ, जसले शरीरमा रगतको कमी हुन दिँदैन।
यसमा पाइने भिटामिन ए, सी र के आँखा, छाला र हड्डीका लागि रामवाण मानिन्छ। नियमित रूपमा पालकको सेवन गर्दा हाम्रो पाचन प्रणाली मजबुत हुनुका साथै शरीरले आवश्यक पोषक तत्त्वहरू प्राप्त गर्छ।
स्वास्थ्यका साथै सुन्दरता निखार्न पनि पालक उत्तिकै प्रभावकारी छ। यसमा पाइने एन्टी-अक्सिडेन्ट गुणले अनुहारको चाउरीपना हटाउन मद्दत गर्छ। पालक खाँदा छालामा कसिलोपन आउँछ र मानिस जवान एवं सुन्दर देखिन्छ।
शरीरको भित्री इन्फ्लेमेसन कम गर्न पनि यसको ठुलो भूमिका हुन्छ। यसमा भएको एन्टी-इन्फ्लेमेटरी गुणले बाथ र माइग्रेन जस्ता समस्याबाट राहत दिलाउनुका साथै ग्यास्ट्रिक र अपचको समस्यालाई समेत निको पार्छ।
पौष्टिक र स्वादिष्ट पालकको साग घरमै सजिलै तयार पार्न सकिन्छ। यसका लागि सबैभन्दा पहिले पालकलाई सफा पानीले धोएर काट्नुपर्छ। त्यसपछि भाँडामा तेल तताएर लसुन र सुकेको रातो खुर्सानीको टुक्रा पड्काउनुपर्छ।
काटिएको पालकलाई भाँडामा राखेर मधुरो आगोमा ५ मिनेटजति पकाएपछि स्वादिलो र पोषिलो साग तयार हुन्छ। यसरी नियमित रूपमा पालकलाई आफ्नो खानामा समावेश गर्दा विभिन्न रोगहरूबाट बच्न सकिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण