असममा रेलसँग हात्तीको बथान ठोक्कियो : ८ हात्तीको मृत्यु, रेलका ५ डिब्बा ट्र्याकबाहिर
सारांश
- असमको होजाई जिल्लामा तीव्र गतिको रेलसँग हात्तीको बथान ठोक्किँदा आठ हात्तीको मृत्यु भयो।
- दुर्घटनामा रेलको इन्जिनसहित पाँच डिब्बा पटरीबाट खसेका छन्, तर यात्रुलाई चोटपटक लागेको छैन।
- रेलवेले आपतकालीन ब्रेक लगाए पनि दुर्घटना भयो, उद्धार कार्य जारी छ र रेल सेवा सुचारु गर्ने प्रयास भइरहेको छ।
असम । भारतको असमस्थित होजाई जिल्लामा शनिबार बिहानै एउटा ठुलो रेल दुर्घटना भएको छ। तीव्र गतिमा गुडिरहेको रेलसँग हात्तीको बथान ठोक्किँदा आठवटा हात्तीको घटनास्थलमै मृत्यु भएको छ भने एउटा हात्ती गम्भीर घाइते भएको छ।
हात्तीलाई ठक्कर दिएपछि रेलको इन्जिनसहित पाँचवटा डिब्बा पटरीबाट खसेर दुर्घटनाग्रस्त भएका छन्। नर्थ इस्ट फ्रन्टियर रेलवे (एनएफआर) का अनुसार नयाँ दिल्लीतर्फ जाँदै गरेको उक्त रेल राति करिब २:१७ बजे दुर्घटनामा परेको हो।
रेलवे प्रवक्ताले घटनाप्रति दुःख व्यक्त गर्दै रेलमा सवार कुनै पनि यात्रीलाई चोटपटक नलागेको पुष्टि गरेका छन्। रेलका चालकले हात्तीको बथान देख्ने बित्तिकै आपत्कालीन ब्रेक लगाए पनि दूरी कम भएका कारण ठक्कर खानबाट बचाउन नसकिएको रेलवेको दाबी छ।
रेलवे प्रशासनले जारी गरेको आधिकारिक बयानमा यो दुर्घटना हात्ती हिँड्ने निश्चित गरिएको ‘कोरिडोर’ क्षेत्रमा नभई अन्यत्रै भएको उल्लेख छ। अहिले घटनास्थलमा उद्धार कार्य जारी छ र रेल सेवा सुचारु गर्ने प्रयास भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण