सर्वाधिक कमाउने चौथो फिल्म बन्दै ‘परान’ ले मनायो ५१ औँ दिन
काठमाडौँ । फिल्म ‘परान’ ले प्रदर्शनको ५१ औँ दिन मनाउन सफल भएको छ । फिल्मले शनिबारबाट ३० बढी हलमा प्रदर्शनको ५१ औँ दिन पार गरेको हो । फिल्मका निर्देशक दीपक आचार्य ‘काकु’ हुन् । काकुले आइतबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै फिल्म सफलताको खुसी सबै माझ बाँडेका छन् ।
गत वैशाखयता ५१ औँ दिन मनाउने यो तेस्रो फिल्म हो । यसअघि ‘ऊनको स्वीटर’ र ‘जेरी अन टप’ले उक्त उपलब्धि हासिल गरेका थिए । ‘परान’ले ५१ औँ दिन पूरा गरेको अवसरमा निर्माण युनिटले शनिबार बुढानिलकण्ठस्थित पवित्र समाजसेवा नेपाल आश्रममा पुगेर न्यानो कपडा वितरण गर्यो । निर्माता रञ्जित आचार्यका अनुसार आश्रममा आश्रित ६५ जना अनाथ तथा बृद्धबृद्धाका लागि न्यानो कपडा वितरण गरियो ।
पवित्र समाजसेवा नेपाल आश्रमकी सञ्चालिका दिक्षा चापागाईंले आश्रमलाई सहयोग गरेकोमा ‘परान’ टिमलाई धन्यवाद दिइन् । उनले केहि साता अघि आफ्ना आश्रममा आश्रित बालबालिकाहरूलाई परान फिल्म समेत देखाएकी थिइन् ।
फिल्मले ५१ दिनसम्म बक्स अफिसमा करिब १७ करोड ६० लाख रुपैयाँको ग्रस व्यापार गरेको छ । योसँगै फिल्मले ‘छक्का पञ्जा ४’, ‘जारी’ जस्ता फिल्मको व्यापारिक आँकडालाई उछिनेको छ ।
अहिलेसम्म ‘परान’ नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाइ गर्ने चौथो फिल्म समेत बनेको छ । यो भन्दा धेरै कमाउने फिल्ममा ‘१२ गाउँ’ (१९ करोड ९२ लाख), ‘कबड्डी ४’ (२१ करोड ४० लाख) र ‘पूर्णबहादुरको सारङ्गी’ (४६ करोड ८७ लाख) छन् ।
बाबु छोराको भावनात्मक सम्बन्धको कथामा निर्माण भएको फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रवीण खतिवडा, बुद्धि तामाङ लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण